स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परीक्षण दोस्रो पटक पनि असफल « Khabarhub

स्पेसएक्सको अहिलेसम्मकै ठुलो अन्तरिक्ष यानको परीक्षण दोस्रो पटक पनि असफल


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अरबपति व्यापारी तथा अहिले ट्रम्प प्रशासनका सदस्य एलन मस्कको स्वामित्वमा रहेको कम्पनी स्पेसएक्सको रकेट बिहीबार टेक्सासबाट प्रक्षेपण भएको केही समयपछि नै विस्फोट भएको छ ।

यसका कारण केही विमानस्थलहरूमा उडानहरू रद्द गरिएको थियो र अन्तरिक्षयानको भग्नावशेष खस्ने बारे चेतावनी जारी गरिएको थियो ।

स्पेसएक्सले उनीहरूको चालकविहीन अन्तरिक्षयान अन्तरिक्षमा सम्पर्कविहीन भएको बताएको थियो । अहिलेसम्म निर्मित सबैभन्दा ठूलो रकेट स्पेसएक्स स्टारशिप प्रक्षेपण भएको केही समयपछि नै नियन्त्रण बाहिर गएको थियो ।

घाइते वा क्षतिको कुनै रिपोर्ट आएको छैन, तर क्यारिबियन टापु राष्ट्रहरूबाट लिइएका तस्बिरहरूमा आकाशबाट आगोको भग्नावशेष वर्षा भइरहेको देखिएको थियो ।

यो रकेट परीक्षणको आठौँ मिसन थियो र यो यसको लगातार दोस्रो असफलता रहेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : २१ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा