सकियो ‘आमा’ को छायांकन, महाशिवरात्रीमा रिलिज हुने « Khabarhub

सकियो ‘आमा’ को छायांकन, महाशिवरात्रीमा रिलिज हुने


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘आमा’ को छायांकन सकिएको छ । यो फिल्म ७२ दिन लगाएर छायांकन गरिएको निर्माण टिमले जानकारी दियो । बुधबार राजधानीको स्वयम्भुस्थित हलचोकमा चलचित्रको इन्ड क्ल्याप लिइयो ।

असार १६ गतेबाट छायांकन थालिएको यो चलचित्र लामो समय लगाएर छायांकन गरिएको हो । चलचित्रका केही दृश्य झरी परेको बेलामा खिच्नुपर्ने भएकाले ती दृश्य बेलैमा छायांकन गर्न नसकिएको निर्देशक खनालले बताए ।

आमाको ममतामाथि आधारित यो फिल्ममा मिथिला शर्मा, सरिता गिरी, सुरक्षा पन्त लगायतका कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन् । यही चलचित्रका लागि अभिनेत्री सुरक्षा पन्तले कपाल मुण्डन समेत गरेकी थिइन् ।

महाशिवरात्रीको अवसर पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउने यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  २ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै