प्रधानमन्त्री भन्छन्- कर्णाली गरिब प्रदेश हैन, भावी दिनमा यहीको तेल प्रयोगमा आउनेछ « Khabarhub

प्रधानमन्त्री भन्छन्- कर्णाली गरिब प्रदेश हैन, भावी दिनमा यहीको तेल प्रयोगमा आउनेछ


२३ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश विकट नभएको बताएका छन् ।

मध्यपश्चिम विश्वविद्यालयले आयोजना गरिएको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले कर्णाली प्रदेश विकट नभएर सम्भावनाको खानी भएको बताएका हुन् ।

‘कर्णाली प्रदेश विकट भन्ने गरेका छन् । तर, त्यो हैन । यहाँ अहिले तेलको अनुसन्धान गरिरहेका छौँ,’ उनले भने, ‘भावी दिनमा यहीको तेल प्रयोगमा आउनेछ ।’

जडीबुटीको खानी भएको र प्रयोगमा आउन नसकेको प्रधानमन्त्री ओलीले बताए ।

‘नराम्रा कुरा भरिया भएर नेपाल अगाडी बढ्दैन,’ उनले भने,‘त्यसका लागि अग्रगामी सोचले अगाडी बढ्न सक्छ । देश जनता र मानवताका लागि काम गर्नपर्छ ।’

दीक्षित हुने विद्यार्थीलाई उनले फेरी सफलताका लागि अध्ययन अनुसन्धानमा लाग्न सुझाव दिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  ३ : ०८ बजे

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट

भूराजनीतिका नाममा शंकर पोखरेल चिप्लिएपछि…

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेल भूराजनीतिका नाममा चिप्लिएका

एकैपटक ११२ आयोजनाका लागि ठेक्का आह्वान

खोटाङ– भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका