नगर प्रमुख पण्डित व्यावसायिक कागती खेतीमा रमाउँदै  | Khabarhub Khabarhub

नगर प्रमुख पण्डित व्यावसायिक कागती खेतीमा रमाउँदै 


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

तनहुँ– समाजसेवा र राजनीतिसँगै व्यावसायिक कृषि कर्ममा पनि सफल भएका छन् तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित । व्यवसाय र राजनीतिक क्षेत्रमा सफल मानिने नगर प्रमुख पण्डित व्यावसायिक कृषि कर्ममा लागेका छन् ।

उनले म्याग्दे गाउँपालिका– ४ मा १० रोपनीभन्दा बढी क्षेत्रफल जमिनमा कागती खेती गरेका छन् । चाहना र समय व्यवस्थापन गर्न सके हरेक क्षेत्रबाट उत्पादन तथा आम्दानी लिन सकिने उनको बुझाइ छ । उनी हरेक बिहान कागती गोडमेल र रेखदेखका लागि केही समय छुट्याएर बारीमा पुग्ने गर्छन् । स्वास्थ्यका लागि समेत बिहान सबेरै उठेर बिरुवाको गोडमेल गर्न उपयुक्त हुने उनको भनाइ छ ।

उनले भने, ‘हाल एक हजारभन्दा बढी कागतीका बोटले फल दिन सुरु गरेको छ ।’ घरायसी प्रयोगका लागि प्रशस्तै पुग्ने भएपनि आगामी वर्षबाट व्यावसायिक रुपमा उत्पादन हुने उनी बताउँछन् । ‘आगामी वर्षबाट बजार पठाउने कागती उत्पादन हुनेछ’, उनले भने, ‘एक सिजनमा १५–२० हजार केजी कागती उत्पादन हुन्छ ।’

भूगोल र माटो सुहाउँदो खेती गरेकाले बाँदर लगायतका जङ्गली जनावरले समेत क्षति नगर्ने र बाँझिएको जमिनको उपयोग हुने नगर प्रमुख पण्डित बताउँछन् ।

पृथ्वी राजमार्गबाट छोटो दूरीमा रहेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा युवालाई कृषितर्फ प्रोत्साहन गर्न सकिने उनको बुझाइ छ । सामाजिक व्यक्तित्वले कागजी खेती गरेपछि अन्यलाई समेत यस प्रतिको प्रेरणा मिलेको छ । सामान्यतया कोदो, मकै लगायतका खाद्यान्न लगाउँदा जङ्गली जनावरले क्षति गरेको भनेर बाँझिदै गएको जमिनमा कागती खेती गरिएको हो ।

कोदो, मकै, भटमासलगायतका खेती गर्दा बाँदरलगायतका जङ्गली जनावरले क्षति गरेपछि बाँझो बनेको जमिनमा सामाजिक व्यक्तित्वले कृषि खेती गर्दा अन्य समेत कागती खेतीतर्फ आकर्षित भएको स्थानीय हेमकुमार कायस्थले बताए ।

कृषि ज्ञान केन्द्रले बाँदरको बढी आतङ्क रहेका स्थानमा अम्लीय फलफूल खेतीलाई प्रोत्साहन गर्दै आएको छ । अम्लीय पदार्थलाई बाँदरले कम क्षति गर्नेगरेको पाइएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  ७ : १८ बजे

एकद्वार सङ्कट व्यवस्थापन केन्द्रबाट सेवा लिने बढ्दै

कञ्चनपुर– कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा रहेको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र

हरिशयनी एकादशीमा कालीगण्डकी नदीमा स्नान गर्नेको भुइँचो

पर्वत– हिन्दूहरूको पवित्र पर्व हरिशयनी एकादशी अर्थात् आषाढ शुक्ल एकादशीको

हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिँदै, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदै छन् ।

सेफ्टी ट्याङ्कीमा खसेर मृत्यु

चितवन– सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु भएको छ ।

ह्युमपाइप राखेर नाला–भक्तपुर सडकखण्ड सञ्चालन

काभ्रे– अवरुद्ध नाला–भक्तपुर सडकखण्डमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको छ