महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा | Khabarhub Khabarhub

महिलाविरुद्धका अवरोध तोड्न आवश्यक : परराष्ट्रमन्त्री राणा


२४ फाल्गुन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले महिलामाथि हुने विभेदजन्य हिंसा तथा अवरोधहरू तोड्न सबैको सहकार्य आवश्यक रहेको बताएकी छिन् ।

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले आजको युगमा पनि महिला भएकै कारण विविध खालका विभेदजन्य हिंसा तथा अवरोधहरू उत्पन्न हुने गरेकाले यसलाई तोड्न सबैको सहकार्य आवश्यक रहेको बताइन् ।

नेपालको महिला आन्दोलनले धेरै उपलब्धि हासिल गरेको उल्लेख गर्दै मन्त्री राणाले विकसित मुलुकको तुलनामा नेपाली नागरिकहरूको आधारभूत आवश्यकता सुनिश्चितता अझै हुन नसकेको बताइन् ।

उनले विगतदेखि नै आफू महिला अधिकारका लागि निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन् । 

मन्त्री राणाले ग्रामीण र सीमान्तकृत समुदायका महिलाको क्षमता वृद्धि गरी राज्य सञ्चालनका क्षेत्रमा उनीहरूको पहुँच पुर्‍याइ किशोरीहरूको भविष्य सुनिश्चितताका लागि एकताबद्ध भएर लाग्न अनुरोध गरेकी छिन् । 

प्रकाशित मिति : २४ फाल्गुन २०८१, शनिबार  १० : ३९ बजे

रोमाञ्चक खेलमा इङ्गल्यान्डसँग भारत एक विकेटले पराजित

काठमाडौं – इङ्गल्यान्ड यु-१९ क्रिकेट टोलीले भारत यु-१९ क्रिकेट टोलीमाथि

आजको मौसम: कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय