इन्द्रजात्रा व्यवस्थापनका लागि ५ करोडको अक्षयकोष स्थापना « Khabarhub

इन्द्रजात्रा व्यवस्थापनका लागि ५ करोडको अक्षयकोष स्थापना


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इन्द्रजात्राका लागि अक्षय कोषको स्थापना गरिएको छ । विहीवार साँस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइले अक्षय कोष स्थापना गरेको घोषणा गरेका हुन् ।

इन्द्रजात्रा सञ्चालन तथा व्यवस्थापनका लागि नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७६ साल भदौ २० को बैठकले ‘इन्द्रजात्रा पर्व संरक्षण अक्षयकोष’ को स्थापना गर्ने निर्णय गरेको थियो ।

नेपालमा प्रशस्त मात्रामा साँस्कृतिक सम्पदाहरु रहेको र पर्यटन प्रवद्र्धनमा त्यसले उलेख्य भूमिका खेलिरहेको मन्त्री भट्टराइले बताए । सम्पदालाइ जर्गेना गर्नु र जीवन्त राख्नु सरकारको कर्तव्य समेत रहेको र बजेटमै पनि यस्ता कुराहरुलाइ समावेश गरिएको उनको भनाइ छ ।

‘उपत्यकामा लाग्ने जात्रापर्व मध्ये इन्द्रजात्रा महत्वपूर्ण पर्व हो’ मन्त्री भट्टराईले भने ‘ कला सँस्कृतिको संरक्षण र व्यवस्थापन र प्रवद्र्धनका लागि अक्षय कोषको स्थापना गरेका हौं’ ।

परम्परादेखि चलिआएको चर्चित जात्रा इन्द्रजात्राका संरक्षणका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारको पहलमा कोषको स्थापना गरिएको हो ।

जसमा सरकारका तर्फबाट १ करोड ५० लाख, काठमाडौं महानगरपालिकाबाट २ करोड, प्रदेश ३ सरकारबाट १ करोड र गुठी संस्थानबाट ५० लाख गरी ५ करोड जम्मा भएको भट्टराइले जानकारी दिए ।

साथै वर्तमान सरकार उपत्यकाको साँस्कृतिक सम्पदाप्रति सचेत रहेको बताउँदै भट्टराइले भने ‘यो प्रारम्भिक अभ्यास मात्र हो, आवश्यक परेमा हामी रकम थप्छौं’ ।

कोषको सञ्चालक समितिको अध्यक्ष काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य रहेका छन् ।

त्यस्तै साँस्कतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि एक जना, प्रदेश ३ सरकारका प्रतिनिधि एक जना, गुठी संस्थानका प्रतिनिधि एक जना, दरवार हेरचाह अड्डाका प्रमुख, इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष, महानगरका सम्पदा तथा पर्यटन विभागका सचिव रहने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ४ : ३७ बजे

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको

चैत १४ गतेभित्र बालेन नेतृत्वको सरकार, एकै चरणमा मन्त्रिपरिषद् गठनको तयारी

काठमाडौं- यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला – प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

मध्यपूर्व युद्धले ‘विश्वव्यापी खाद्य सुरक्षामा खतरा’ : विश्व व्यापार संगठन प्रमुख

जेनेभा – मध्यपूर्वमा जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा गम्भीर खतरा

लुम्बिनीमा तेस्रो अन्तरराष्ट्रिय शान्ति महोत्सव सुरु

लुम्बिनी – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले विश्वमा