गण्डकी प्रदेश अस्पतालमा सर्जिकल तथा रेडियोलोजी सेवा सुरु  « Khabarhub

गण्डकी प्रदेश अस्पतालमा सर्जिकल तथा रेडियोलोजी सेवा सुरु 


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेश अस्पताल बेँसीसहरमा सर्जिकल इन्टेन्सिभ केयर युनिट (कक्ष) तथा रेडियोलोजी सेवा सञ्चालनमा आएको छ । 

गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले उक्त कक्षको उद्घाटन गर्दै यसले जिल्लावासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिने विश्वास व्यक्त गरे । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष हरिजङ्ग तामाङको अध्यक्षता उद्घाटन कार्यक्रम भएको थियो । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,पत्रकार र स्वास्थ्यकर्मीको उपस्थिति थियो । 

यो सेवाबाट गम्भीर अवस्थाका बिरामीलाई प्रभावकारी उपचार सेवा उपलब्ध गराउन सहज हुने अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  २ : ०५ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग