विमानस्थल आसपासमा ओइरिए राजावादी (तस्बिरहरू) « Khabarhub

विमानस्थल आसपासमा ओइरिए राजावादी (तस्बिरहरू)


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थलबाहिर राजावादीहरू पुग्ने क्रम सुरू भएको छ । विमानस्थलको छिर्ने मूलसडक बाहिर भेला भएका राजावादीहरूले नाराबाजी सुरू गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौंमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम छ । राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरू अहिले विमानस्थल बाहिर भेला भएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पनि विमानस्थल जाने भएका छन् ।

त्यस्तै राजवादी दल राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दल, संघ-संस्थाहरूले नागरिकहरूलाई स्वागतमा भेला हुन आह्वान गरेका छन् ।

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले विमानस्थलमा टिकटबाहक र कर्मचारीबाहेकलाई प्रदेश रोक लगाएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिँदै विमानस्थल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ३ : २४ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ