पीएम कपमा लुम्बिनी, एपीएफ र कर्णालीको विजयी शुरुवात | Khabarhub Khabarhub

पीएम कपमा लुम्बिनी, एपीएफ र कर्णालीको विजयी शुरुवात


२५ फाल्गुन २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि शुरु भएको पीएम कपमा लुम्बिनी प्रदेश, एपीएफ र कर्णाली प्रदेशले विजयी सुरुवात गरेको छ ।

सिद्धार्थ रंगशालामा सम्पन्न खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई २६ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको २०९ रनको लक्ष्य पछाएको कोशीले ४२.४ ओभरमा अल आउट हुँदै १८२ रन बनाएको थियो ।

कोशीका लागि सुजन थपलियाले सर्वाधिक ३५ रन बनाएका थिए भने लुम्बिनीका बलर अजय चौहानले सर्वाधिक ५ विकेट लिएका थिए । यस अघि पहिला ब्याटिंग गरेको लुम्बिनीले आकाश त्रिपाठीको ६६ रनको सहयोगमा ४८ ओभरमा अल आउट हुँदै २०८ रन बनाएको थियो ।

त्यसैगरी आजै एक्स्ट्राटेक ओभल मैदान तिल्लोत्तमामा सम्पन्न अर्को खेलमा एपीएफ क्लबले बागमती प्रदेशलाई १०० रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । 

त्यसैगरी दाङको लमहीमा सम्पन्न अर्को खेलमा कर्णाली प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ७९ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

अब पीएम कपमा भोलि लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदै छन् ।
  

प्रकाशित मिति : २५ फाल्गुन २०८१, आइतबार  ५ : ०७ बजे

मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

मुस्ताङ– उत्तरदक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक यातायात सहज भएसँगै

कालीगण्डकी करिडोर सडक अझै खुलेन

गुल्मी– पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर सडक अझै सञ्चालन

असारदेखि भदौसम्म सडक भत्काउन काठमाडौं महानगरको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले वर्षायामलाई मध्यनजर गरेर आफ्नो क्षेत्रभित्र सडक तथा

सङ्गीतकर्मी भोजपुरेको ‘आङ शेर्पा एन्ड ओसन अफ द हाइट्स’ सार्वजनिक

काठमाडौं– सङ्गीतकर्मी हिरण्य श्रेष्ठ ‘भोजपुरे’को अङ्ग्रेजीमा अनूदित उपन्यास ‘आङ शेर्पा

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

जुम्ला– चन्दननाथ नगरपालिका– ७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक