बचत सहकारीको सङ्ख्या घटाउने मन्त्री अर्याल भनाइ « Khabarhub

बचत सहकारीको सङ्ख्या घटाउने मन्त्री अर्याल भनाइ


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताएकी छन् ।

मन्त्री अर्यालले जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकको ५२औँ स्थापना तथा ३८औँ वार्षिक साधारणसभामा सहकारीलाई फरक ढङ्गले व्यवस्थित गर्न बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाउने र कृषिमा आधारित विषयगत सहकारीको सङ्ख्या बढाइने नीति सरकारको रहेको बताइन् । उनले भनिन्, “गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयक सहकारी आवश्यक छ, प्रक्रियागत ढङ्गले सहकारीको सङ्ख्या घटाउने र बढाउने गरिन्छ ।”

मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठूलास्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताइन् । “सरकार सहकारीमा कानूनी बाधक बनेको पनि छैन र बन्दैन पनि, हामी फरक ढङ्गले सहकारीमार्फत विकासका काममा काम गर्ने अभियानमा छौँ”, उनले भनिन् । सहकारीकर्मीले पनि सहकारी कानूनमा रहेर सरकारको समृद्धिको यात्रामा साथ दिनुपर्ने उनको धारणा थियो ।

मन्त्री अर्यालले सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेका बेला जमीनलाई फरक ढङ्गले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह गरिन् । “सरकारले भू–उपयोग ऐन सरकारले पास गरेको, अब कार्यान्वयनका निम्ति नियमावली बनाउँछ, यसपछि तपाईहरु आफ्नो जमीन आफैँले प्रयोग गर्न लाग्नुहुन्छ”, उनले थपिन्, “हामी भूमि व्यवस्थापन नगरी नहुने परिस्थितिमा पनि छौँ, भूमिको बेथिति हटाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन हामी हिम्मतका साथ अगाडि बढेका छौँ, यसमा तपाईहरुले साथ दिनुपर्दछ ।”

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडका अध्यक्ष केशवप्रसाद बडालले सहकारीकर्मी सहकारीको मूल्य–मान्यताअनुसार चल्नुपर्ने बताउँदै वर्तमान सरकार सहकारीमैत्री भएकाले आन्दोलनमा जानु नपर्ने बताए । जिल्ला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष विनोद पराजुलीले संस्थाको गतिविधिबारे जानकारी दिँदै लिमिटेडसँग जिल्लास्थित ४७६ वटा सहकारी आबद्ध रहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  ६ : १६ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार ८ गते सोमबार सन् २०२६