बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित « Khabarhub

बझाङको खापरदेव क्याम्पसको स्ववियु निर्वाचन स्थगित


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

धनगढी– बझाङको खापरदेव क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । स्ववियु निर्वाचनको कार्यक्रम अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको क्याम्पस प्रमुख रमेशबहादुर सिंहले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।

खापरदेव क्याम्पसमा विद्यार्थीहरूले समयमै भर्ना नगरेपछि स्ववियु निर्वाचनको तयारी पूरा हुन नसकेको सिंहको भनाइ छ ।

क्याम्पस व्यवस्थापन समितिको फागुन २४ गते बसेको बैठकमा स्ववियु निर्वाचनलाई वैधानिक र नियमअनुसार सम्पन्न गर्न अर्को सूचना प्रकाशित नगरी निर्वाचनको कुनै कार्यक्रम अगाडि बढाउन नसकिने जनाएको छ ।

सोही निर्णयको आधारमा स्ववियु निर्वाचन सम्बन्धी क्याम्पसका सबै कार्यक्रमहरू स्थगित गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष दीपेन्द्रबहादुर सिंहले बताए ।

बझाङमा त्रिवेणी क्याम्पस, सुनकुडा, झोता, सेती, शान्ति र थलारा गरी ६ वटा क्याम्पसमा चैत ५ गते नै स्ववियु निर्वाचन हुनेछ । 

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १० : ३३ बजे

वरिष्ठ पत्रकार श्रेष्ठलाई थप चार दिन थुनामै राख्न अनुमति

काठमाडौं- जिल्ला अदालत काठमाडौंले जनआस्था साप्ताहिकका सम्पादक तथा विश्व प्रेस

पश्चिम बङ्गालको होटलमा आगलागी हुँदा सात जनाको मृत्यु

नयाँदिल्ली– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको एउटा होटलमा सोमबार बिहान

बिहारको लखीसरायमा भागदौड मच्चिँदा ७ महिला श्रद्धालुको मृत्यु

पटना– भारतको बिहारस्थित प्रसिद्ध इन्द्रदमनेश्वर महादेव मन्दिर, अशोकधामनजिक सोमबार बिहान

वीरगञ्ज चिनी कारखाना पुन : सञ्चालनमा ल्याउन सरकारले बनायो अध्ययन कार्यदल

काठमाडौं– वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा

नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११०  परिवारले पाए लालपुर्जा

काठमाडौं– नापी कार्यालय धनुषाले  नाप जाँच भएको करिब एघार वर्षपछि