१६ महिनापछि स्थापना भयो भूकम्प पुननिर्माण आयोजना इकाई  « Khabarhub

१६ महिनापछि स्थापना भयो भूकम्प पुननिर्माण आयोजना इकाई 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– भूकम्प गएको १६ महिनापछि भूकम्प पुननिर्माण आयोजना इकाई कार्यालय स्थापना भएको छ । भूकम्पको केन्द्रबिन्दु जाजरकोटमा स्थापना भएको कार्यालयले भूकम्पबाट प्रभावित भएको जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्ला हेर्ने छ । 

१७ कार्तिक २०८० मा जाजरकोट केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पबाट क्षति पुगेका संरचना पुननिर्माणको काममा तीव्रता दिन कार्यालय स्थापना भएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, तीनै तहका सरकार र जिल्ला विपद् व्यवस्थापन समितिबीच प्रभावकारी समन्वय गरी पुनर्निर्माणलाई गति दिन कार्यालय स्थापना गरिएको सरकारको छ । 

जाजरकोटको भेरी नगरपालिका–१, रिम्नामा जिल्ला भूकम्पीय पुननिर्माण तथा पुनःस्थापना आयोजना कार्यान्वयन इकाई कार्यालय आइतबार गृहमन्त्री रमेश लेखकले गरेका हुन् । 

भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा ढिलाइ भएको स्वीकार गर्दै अब भने पुनर्निर्माणमा बिलम्ब नहुने गरी सरकार अघि बढेको गृहमन्त्री लेखकले बताए ।

‘सरकारले पुनर्निर्माण कार्यविधि, मापदण्ड, केही ऐन संशोधन गरी विस्तृत क्षतिको आकलन (डीडीए)को काम अघि बढाइसकेकाले पुननिर्माणमा बिलम्ब हुँदैन,’ उनले भने, ‘अब पुनर्निर्माणको कामले गति लिन्छ ।’

भूकम्पले घर भत्किएपछि पुनर्निर्माण पूर्व गरिने डीडीए गर्न जाजरकोटमा ५० र रुकुमपश्चिममा ४८ प्राविधिक जनशक्तिले काम गरिरहेको गृहमन्त्री लेखकले बताए ।

गत १७ कात्तिक २०८० मा जाजरकोट केन्द्रबिन्दु भई गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा एक सय ५४ जनाले ज्यान गुमाएका थिए । 

भूकम्पले जाजरकोट, रुकुमपश्चिम र सल्यानमा ६८ हजार ३ सय २६ परिवार भूकम्पबाट प्रभावित बनेका छन् । जाजरकोटमा ३४ हजार सात सय, रुकुम पश्चिममा ३२ हजार तीन सय ७६ र सल्यानमा एक हजार तीन सय ५० अस्थायी आवास बनेका छन् ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  १ : १० बजे

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा

राधास्वामीका आश्रित भोकै, महानगर भन्छ : सिस्टम फेरिएकाले खुवाउन सकेनौँ, आन्दोलन जरूरी थिएन

काठमाडौं- कीर्तिपुरको राधास्वामीस्थित सुकुम्वासी होल्डिङ सेन्टरको मूल गेटमा सुत्केरी, बालबालिका,