कमल थापाको पार्टीमा भुँइचालो – चन्दसहितका १४ केन्द्रीय नेताले एकैपटक छोडे राप्रपा « Khabarhub

कमल थापाको पार्टीमा भुँइचालो – चन्दसहितका १४ केन्द्रीय नेताले एकैपटक छोडे राप्रपा


१२ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमल थापा नेतृत्वको राप्रपा संकटमा परेको छ । पार्टीका १४ जना केन्द्रीय नेताले एकैपटक पार्टी छोडेपछि पार्टी अध्यक्ष थापा तनावमा परेका छन् ।

राप्रपा संगठन सुदृढीकरणका लागि मेचीकाली राष्ट्रिय अभियानमा जुटिरहेको बेला पार्टी नेता एवं पूर्वमन्त्री जयन्त चन्दसहितका नेताले पार्टी छोडेका हुन् ।

]शनिवार पार्टी छोडेको घोषणा गर्नेमा सहायक महामन्त्री भरत पाठक, कार्यसम्पादन समितिका सदस्यहरु प्रह्लाद साह, भरत गिरी र विनोद श्रेष्ठ, पूर्व सहायक मन्त्री गोविन्द खनियाँ केन्द्रीय सदस्यहरु चिरागमानसिंह कुँवर, रीता पोखरेल, सुन्दर खडका, गणेशबहादुर विष्ट, गजेन्द्रबहादुर सिंह, विन्दा गिरी लगायत रहेका छन् ।

पार्टीका संस्थापक दुई वरिष्ठ नेता पशुपति शम्शेर राणा र प्रकाशचन्द्र लोहनीबीच एकता भएर बनेको राप्रपा( संयुक्त) प्रति नेता कार्यकर्ता आकर्षित भएका र उनीहरु एकीकृत राप्रपामा प्रवेश गर्ने तयारी गरिरहेको बताइएको छ ।

चन्दसहितका नेताले विज्ञप्ति जारी गर्दै आफूहरु लामो समयदेखि एकता प्रकृयामा संलग्न रहेको उल्लेख गर्दै त्यसको संकेत गरेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०७५, आइतबार  ७ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै