कानुनविपरित सञ्चालित मधेशका ५८ अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन  « Khabarhub

कानुनविपरित सञ्चालित मधेशका ५८ अस्पताल बन्द गर्न मुख्यमन्त्रीको निर्देशन 


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मुख्यमन्त्री सतिश कुमार सिंहले मधेश प्रदेशका ५८ अस्पताल बन्द गर्न निर्देशन दिएका छन् । 

धनुषा, महोत्तरी, सर्लाही, रौतहट तथा पर्सा गरी पाँच जिल्लाका ९६ अस्पतालको अनुगमन गर्दा १५ वटा अस्पताल मात्र कानून सम्मत तरिकाले सञ्चालन भए पनि अधिकांश अस्पतालहरू कानूनविपरीत सञ्चालनमा रहेको पाइएको मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले जानकारी दिए । 

मन्त्रालयका अनुसार पर्साका २, धनुषाका २३, सर्लाहीका ९, रौतहटका २१, महोत्तरीका ५ अस्पताल कानुनविपरीत सञ्चालन भइरहेका थिए ।  

निजी क्षेत्रका अस्पतालहरूको मुख्यमन्त्रीबाट भएको अनुगमनपछि अस्पताल सुधारको अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ४ : ३४ बजे

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको