गण्डकी प्रदेश सभामा थप दुई विधेयक दर्ता | Khabarhub Khabarhub

गण्डकी प्रदेश सभामा थप दुई विधेयक दर्ता


२६ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

पोखरा । गण्डकी प्रदेश सरकारले विधेयक दर्ताको प्रक्रिया तीव्र बनाउँदै गएको छ। सोमबार मात्रै प्रदेश सभा सचिवालयमा थप दुई विधेयक दर्ता गरिएको छ।

गण्डकी प्रदेश सभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीका अनुसार ‘गण्डकी प्रदेशमा भवन निर्माण तथा बस्ती विकास गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ र ‘गण्डकी प्रदेशमा खानी तथा खनिज सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार दर्ता भएका हुन्।

प्रदेश सरकारले हाल विभिन्न क्षेत्रसँग सम्बन्धित विधेयकहरू लगातार रूपमा प्रदेश सभामा पेस गर्दै आएको छ। फागुन २३ गते मात्र सरकारले अध्यादेश प्रतिस्थापन विधेयक दर्ता गरेको थियो। हालसम्म प्रदेश सरकारले ७३ वटा कानुन निर्माण गरिसकेको छ भने मन्त्रिपरिषद्ले तीन कानुन खारेज गर्ने निर्णय गरेको छ।

खासगरी विज्ञान तथा प्रविधिसम्बन्धी विधेयक खारेज गर्ने निर्णयप्रति सत्ता पक्ष र प्रतिपक्षका नेताहरूले असहमति जनाएका छन्। कतिपय सांसद तथा विश्लेषकहरूले विधेयकहरू पर्याप्त छलफलबिना हतारमा ल्याइएको आशंका गरेका छन्।

यसअघि पनि प्रदेश सरकारले आर्थिक, सामाजिक तथा पूर्वाधार विकाससँग सम्बन्धित थुप्रै विधेयक दर्ता गरिसकेको छ। दर्ता भएका विधेयकहरू अब प्रदेश सभामा छलफलका लागि प्रस्तुत गरिनेछ।

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : १९ बजे

सरकारको आय-व्यय : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब १९ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ मा सरकारको आम्दानी र खर्च

सरकारसँग असन्तुष्ट शेखरको दौडधूप, प्रचण्डपछि पूर्वराष्ट्रपति भण्डारीसँग मन्त्रणा

काठमाडौं- वर्तमान गठबन्धन सरकारसँग तीव्र असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका

जोगमाई क्यासकेड जलविद्युतको विद्युत् व्यापारिक उत्पादन सुरु 

काठमाडौं– जोगमाई क्यासकेड जलविद्युत आयोजना ५.२ मेघावाटको जलविद्युत आयोजनाले व्यापारिक उत्पादन

केपी ओलीबारे भीम रावलको प्रतिक्रिया, ‘सुरसाझैँ सत्ता र पद खान तयार भएर बसेका छन्’

काठमाडौं- नेकपा (एमाले) सचिवालय बैठकले पार्टी संरचना तथा नेतृत्वसम्बन्धी केही

तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने

काठमाडौं – स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बीमा गरेका व्यक्तिले ३७७