प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै « Khabarhub

प्रधानमन्त्री ओलीले कोशी प्रदेशसभालाई सम्बोधन गर्दै


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज कोशी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दैछन् । प्रदेशसभा सचिवालयका अनुसार बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्री ओलीले यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गरिसकेका छन् ।

प्रधानमन्त्रीले सम्बोधन गर्ने भएपछि सत्तारुढ एमाले र कांग्रेस सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ । तर, माओवादी केन्द्रसहितका प्रतिपक्षी दलले औपचारिक जानकारी नआएको भन्दै बहिष्कारको चेतावनी दिएका छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेताहरूसँग सम्पर्क गरेर सहकार्य गर्न आग्रह गरेका छन् ।

यसअघि, प्रधानमन्त्री ओली मोरङको सुन्दरहरैंचास्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा पुग्नेछन् । उनले त्यहाँ गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च र पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ हेल्थ एण्ड साइन्सका भवनहरू उद्‌घाटन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भई साढे २ बजे प्रदेशसभा बैठकलाई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै मोरङमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  ११ : ४२ बजे

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको

खानेपानी व्यवस्थापन बोर्डद्वारा एक करोड ५५ लाख बक्यौता असुली

चितवन– भरतपुर खानेपानी व्यवस्थापन बोर्डले एक हजार ५०३ जना ग्राहकबाट

संरक्षणको पर्खाइमा हतुवागढीको ऐतिहासिक ‘फलाम ढुङ्गा’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–४ मा रहेको ऐतिहासिक तथा पर्यटकीय महत्व

पत्रकार श्रेष्ठ पक्राउबारे राप्रपाको ध्यानाकर्षण: ‘समाचारकै आधारमा पक्राउ गर्नु उपयुक्त भएन’

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वरिष्ठ पत्रकार किशोर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।