एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौंमा « Khabarhub

एक सय सदस्यीय चिनियाँ ‘फोटोग्राफर’ काठमाडौंमा


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौ‌– संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएको छ ।

चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ कार्यक्रमअन्तर्गत उक्त टोली सोमबार नेपाल आएको हो । नेपाल भ्रमणमा आएका चिनियाँ फोटोग्राफरको टोलीलाई स्वागत गरिएको छ ।

टोलीलाई सांसद उर्मिला माझी, नेपाल पर्यटन बोर्डका प्रबन्धक सूर्य थपलियाले स्वागत गर्दै चिनियाँ फोटोग्राफरको आगमनले नेपालको पर्यटन प्रवर्द्धनका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । सो अवसरमा स्वागत कार्यक्रममा साङ्गीतिक समूह सुकर्मले आफ्नो प्रस्तुति दिएको थियो ।

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रम गरिएको जनाइएको छ । कार्यक्रम नेपालको पर्यटन प्रवर्द्धनका लागि एक महत्त्वपूर्ण अवसर हुने फोरमका संयोजक डा‍ कल्याणराज शर्माले जानकारी दिए ।

चिनियाँ फोटोग्राफरले नेपालका विभिन्न पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिकस्थलको भ्रमण गर्दै यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदालाई फोटोमार्फत विश्वभर प्रवर्द्धन गर्नेछन् ।

उनीहरूले फागुपूर्णिमाका अवसरमा विभिन्न स्थानमा रङ्गमय नेपालको फोटो खिच्ने राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तले जानकारी दिए ।

चिनियाँ फोटोग्राफरहरूले नेपाल भ्रमण गरेर यहाँको संस्कृति, जीवनशैली तथा परम्परागत सम्पदालाई विश्वव्यापी रूपमा प्रचारप्रसार गर्ने छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १२ : ०० बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ