अमेरिकासँग वार्ताअघि युक्रेनले मस्कोमा गर्‍यो सयौँ ड्रोनबाट आक्रमण | Khabarhub Khabarhub

अमेरिकासँग वार्ताअघि युक्रेनले मस्कोमा गर्‍यो सयौँ ड्रोनबाट आक्रमण


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

मस्को- तीन वर्षदेखि जारी युद्ध समाप्त गर्न युक्रेनी र अमेरिकी अधिकारी साउदी अरबमा वार्ताका लागि जुट्दै गर्दै रूसको राजधानी मस्कोमा ठूलो संख्यामा ड्रोन हमला भएको छ ।

रूसी स्थानीय अधिकारीका अनुसार मस्कोमा गएराति भएको ‘सयौँ संख्याको ड्रोन हमलामा’ कम्तीमा पनि एकजना व्यक्तिले ज्यान गुमाएका छन् । घटनामा तीनजना घाइते भएका छन् ।

क्षेत्रीय गभर्नर आन्द्रेई भोरोबयेभले बताएअनुसार राजधानीबाहिर भिदनोये र डोमोडेडोभो क्षेत्रमा मानिसहरूको हताहती भएको हो । उनका अनुसार एक ठूलो भवनका सातवटा अपार्टमेन्टमा आक्रमणबाट क्षति पुगेको छ ।

मस्कोका मेयर सर्गेई सोभयानिनका अनुसार सहरको बाहिरी क्षेत्रमा ७३ वटा ड्रोनलाई खसालिएको छ । एक भवनको छतमा ड्रोन भग्नवाशेष खसेर क्षति भएको छ ।

हमलापछि मस्कोको एक जिल्लाको रेल नेट्वर्क बन्द गरिएको छ। अहिले त्यहाँको विमानस्थलमा उडान पनि रोकिएको छ।

यो आक्रमण रूस र युक्रेनबीच जारी युद्ध समाप्त गर्न साउदी अरबमा अमेरिकासँग वार्ता हुनुअघि भएको हो । यस आक्रमणबारे अहिलेसम्म युक्रेनले केही बोलेको छैन।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १२ : ५६ बजे

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारी साधन लन्च हुँदै 

काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) द्वारा आयोजना

सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

वर्षाका कारण देशभरका आठ राजमार्ग अवरुद्ध

काठमाडौं– मुलुकभर परेको अविरल वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्ण

कागती बिक्री नहुँदा किसान समस्यामा

घोराही–  यहाँका  किसान कागती बिक्री नहुँदा चिन्तित छन् । सहज

गत आवमा मुगुमा ७४ मेट्रिक टन सिमी बिक्री

मुगु– गत आर्थिक वर्ष २०८१ / ८२ मा जिल्लाबाट चार करोड