प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशीलाई २८५ रनको लक्ष्य | Khabarhub Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : मधेसद्वारा कोशीलाई २८५ रनको लक्ष्य


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

भैरहवा– भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आजको खेलमा कप्तान अनिल शाह, पवन सर्राफ र दीपेस दासको दमदार ब्याटिङ्गमा मधेस प्रदेशले कोशी प्रदेशलाई २८५ रनको लक्ष्य दिएको छ ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ्ग रोजेको मधेसले निर्धारित ५० ओभर पुरा खेल्दै ६ विकेटको क्षतिमा २८४ रन बनाएको हो । ओपनर अनिल साहले ७५ बलमा १० चौकासहित ७५ रन बनाए । सुरुदेखि बलियो देखिएको मधेसलाई हरिशंकर साहले राम्रै साथ दिए । 

प्रकाश कार्कीको बलमा उनले २९ रन जोडे । विकेट किपर रोशन बिक शून्य रनमा आउट भएपछि पवन सर्राफ र दीपेस दासले थप रन जोडे।

पवनले ८५ बलको सामना गर्दै २ छक्का र ११ चौकाको सहयोगमा ९२ रन बनाए । त्यसैगरी दीपेस दासले ६० बलको सामना गर्दै १ छक्का र ७ चौकाको सहयोगमा अविजित ५६ रनको योगदान गरे।

बलिङ्गमा कोशी प्रदेशका प्रकाश कार्की र विपिन महतोले समान २-२ विकेट र फिरदोस अन्सारी तथा दीपेस कँडेलले १ विकेट लिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १२ : ५८ बजे

आन्दोलनको आगोबीच चर्चित भएका ब्रिटिश ट्राभल भ्लगर 

काठमाडौं– काठमाडौंमा भर्खरै भड्किएको जेन-जी नेतृत्वको आन्दोलन केवल राजनीतिक मात्र थिएन,

सुरु भयो सुकिला नोट वितरण (तस्बिरहरू)

काठमाडौं– नेपाल राष्ट्र बैंकले सुकिला नोट बाँड्न थालेको छ । 

परिसरमा टेन्ट टाँगेर सर्वोच्च अदालतले थाल्यो सेवा (तस्बिरहरू)

काठमाडौं– सर्वोच्च अदालतले आइतबारबाट आफ्नो सेवा पुनः सुरु गरेको छ

‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ दशैँमै प्रदर्शनमा ल्याइने

काठमाडौं – फिल्महरु ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ पूर्वनिर्धारित मिति

सोमबारदेखि फिल्म हल खुलाउने तयारी

काठमाडौं – जेन–जी आन्दोलनका कारण मंगलबारदेखि बन्द भएका फिल्महरु पुनः