गणतन्त्रवादीलाई संसद्‍बाटै राप्रपाको चेतावनी- अहिलेबाटै लुक्ने ठाउँ खोजे हुन्छ « Khabarhub

गणतन्त्रवादीलाई संसद्‍बाटै राप्रपाको चेतावनी- अहिलेबाटै लुक्ने ठाउँ खोजे हुन्छ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गणतन्त्रवादी दलका नेताहरूलाई अहिलेबाटै लुक्ने ठाउँ खोज्न चेतावनी दिएकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो चेतावनी दिएकी हु्न् । कार्कीले नेपालमा लेनिन र माओको भूत बोकेर हिँड्ने भन्दै कम्युनिष्ट पार्टीहरूलाई पनि कटाक्ष गरिन् ।

‘एकजना मित्रले भूत देख्नु भएछ, लेनिनको भूत हो कि माओको भूत हो ?’, उनले भनिन्, ‘एकजना मित्रले राजाको जयजयकार गरेको देख्नु भएछ । नेताहरू जिल्ला जाँदा मुर्दावाको नारा लागेको पनि देख्नु भएको होला । यो त ट्रायल मात्र हो, पूरा दृश्य आउनै बाँकी छ ।’

उनले फागुन २५ मा काठमाडौंका मात्रै मान्छे उत्रिएको बताउँदै ७३ जिल्लाका थपिएमा गणतन्त्रवादीहरूले लुक्ने ठाउँ खोज्नुपर्ने बताइन् । ‘अरु ७३ जिल्लाका मान्छे थपिए भने जुन भिड आउँछ, त्यो देखेर तपाईंहरूले लुक्ने ठाउँ खोज्नु होला’, उनले गणतन्त्रवादीलाई भनिन्, ‘नागरिकहरूले आफ्नो कुरा राख्न पाउँछन् ।’

उनले फागुन २५ गतेको भिड गणतन्त्रवादीकै कारण आएको पनि बताइन् । ‘फागुन २५ गतेको भिड तपाईंहरूले, यो नालायक सरकारले बढाएको हो’, उनले थपिन्, ‘तपाईंहरू जति दिन यसै गरी सरकारमा बस्नु हुन्छ, भिड बढ्दै जान्छ । होस गर्नुहोला ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  १ : ५६ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ