प्रचण्डले भने, ‘सरकारका कारण राजावादी सलबलाए, देशको स्थिति जटिल हुँदै गयो’ « Khabarhub

प्रचण्डले भने, ‘सरकारका कारण राजावादी सलबलाए, देशको स्थिति जटिल हुँदै गयो’


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सरकारका गलत काम र असफलताका कारण प्रतिगामीविरुद्ध जुध्नुपर्ने बेला आएको बताएका छन् ।

उनले सरकारकै कमजोरीका कारण राजावादीहरू सलबलाएको बताए हुन् । मंगलबार प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी नेताका रुपमा सम्बोधनका क्रममा उनले गणतन्त्र स्थापना गर्न सहिद भएकाहरूलाई सम्झिँदै अहिलेको अवस्थाको दोष सरकारलाई लगाएका हुन् ।

उनले भने, ‘जनताको उपलब्धि उल्टाउने कोसिस भएको छ । सरकारका गलत काम र प्रतिगामीविरुद्ध जुध्नुपर्ने भएको छ । आठ महिनाअघिसम्म असन्तोष थिएन ।’

उनले गुठी पीडित, लघुवित्तपीडित, सहकारी पीडित र शिक्षक पनि आन्दोलनमा भएकाले देशको स्थिति जटिल हुँदै गएको निष्कर्ष सुनाए ।

‘सरकारले जनतासँग संवाद गर्ने हैसियत गुमाएको छ । यसकारण राजावादी हौसिए । अहिले सडकमा ओर्लिएर सल्बलाएका छन्’, उनले भने, ‘यसमा देशभित्र र बाहिरका चलखेल मिसिएका छन् । शासकीय शैली र असन्तोष मूल कारण हो । नेपालको शान्ति प्रक्रिया मात्र होइन, गणतन्त्रको इतिहास पनि मैलिक छ ।’

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ०९ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने