युवासंघका नेतालाई खुकुरी हानेको घटनामा एकजना पक्राउ « Khabarhub

युवासंघका नेतालाई खुकुरी हानेको घटनामा एकजना पक्राउ


२७ फाल्गुन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


897
Shares
  • change font
  • change font
  • change font

झापा- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपाल झापाका इन्चार्ज खगेन्द्रराज आङ्देम्बे ‘राज’सहित तीन युवामाथि गएराति भएको आक्रमणमा संलग्न रहेको आरोपमा बिर्तामोड नगरपालिका-४ का खगेन्द्र खालिङ पक्राउ परेका छन् ।

खालिङलाई बिर्तामोडबाटै पक्राउ गरेर हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्र बहादुर खड्काले जानकारी दिएका छन् । उनी पनि एमालेकै कार्यकर्ता भएको खुलेको छ ।

घटनामा अन्य युवासमेत संलग्न भएको आशंकामा प्रहरीले खोजी जारी राखेको खड्काले बताए ।

गएराति हत्या गर्ने योजनासहित भएको आक्रमणबाट युवा संघका तीन युवा नेता गम्भीर घाइते भएका छन् । घाइतेहरूको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।

आक्रमणमा घाइते हुनेहरूमा आङ्देम्बेसहित विश्वदीप राजवंशी र अजय खवास छन् । इन्चार्ज आङ्देम्बेको आईसीयु र अरू दुईजनाको अर्थोवार्डमा उपचार भइरहेको छ ।

आङ्देम्बेलाई खुकुरी प्रहार गरिँदा उनको अनुहारमा गम्भीर चोट लागेको छ। अन्यको हात र शरीरका विभिन्न भागमा चोट लागेको छ ।

उनीहरूमध्ये आङ्देम्बेलाई बिर्तामोड–४ का खगेन्द्र खालिङले राति करिब १ बजे घरमा बोलाएका खुलेको छ। घरभित्र पस्न चेनगेटमा पुग्नेबित्तिकै खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घाइते खवासले पत्रकारहरूलाई बताएअनुसार आङ्देम्बेको हत्या गर्ने उद्धेश्यले खुकुरी प्रहार भएको हो । ‘आङ्देम्बेलाई खुकुरी प्रहार गर्दा मैले रोक्ने प्रयास गरेँ’, खवासले भने ‘मेरा हातका ४ वटा औँला काटिए । आक्रमण योजनावद्ध गरिएको छ ।’

अर्का घाइते राजवंशीलाई भद्रपुर रोडस्थित दरबार रेस्टुरेन्टबाट ओर्लिएपछि मोटरसाइकलमा आएका त्यही समूहका ४ जनाले आक्रमण गरेका थिए ।

घटनाको जानकारी पाएपश्चात संलग्न अन्यको खोजी भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक सन्तोष राईले बताएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०८१, मंगलबार  २ : ५९ बजे

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर