राफिन्हा र यमालको शानदार प्रदर्शनमा बार्सिलोना क्वार्टरफाइनलमा « Khabarhub

राफिन्हा र यमालको शानदार प्रदर्शनमा बार्सिलोना क्वार्टरफाइनलमा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा बार्सिलोनाले मंगलबार राति भएको दोस्रो चरणको दोस्रो लेगमा बेनफिकालाई ३-१ ले हरायो।

पहिलो लेगमा १–० को सफलता पाएको बार्सिलोनाले एग्रिगेटमा ४-१ ले जीत हात पारेको हो।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टिनएजर लामिन यमाल नायक भए। उनले ११ औँ मिनेटमा राफिन्हाका लागि गोल गर्ने अवसर दिएका थिए भने २७ औँ मिनेटमा आफैले गोल गरे। राफिन्हाले गोल गरेको दुई मिनेटपछि नै निकोलास ओडेमान्डीले उत्कृष्ट हेड गोल गर्दै बेनफिकालाई खेलमा फर्काएका थिए।

रफिन्हाले नै ४२ औँ मिनेटमा बार्सिलोनाका लागि अर्को गोल गरे। उनी च्याम्पियन्स लिगमा १६ गोलमा आबद्ध भएका छन् । उनले ११ गोल गरेका छन् भने ५ एसिस्ट गरेका छन्।

मेसीले सन् २०११ र १२ को सिजनमा १४ गोल गर्दै ५ एसिस्ट गरेका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ६ : ५१ बजे

जेठ महिनामा देशभरबाट १ हजार ३६ जना लागूऔषध कारोबारमा संलग्न पक्राउ

काठमाडौं– नेपाल प्रहरीले गत जेठ महिनामा देशभरबाट एक हजार ३६

उपराष्ट्रपति यादवसँग अमेरिकी कार्यवाहक राजदूतको भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग संयुक्त राज्य अमेरिकाका लागि नेपालका कार्यवाहक

‘नतिजा प्रक्रियामा स्पष्ट छौँ, थप जाँचका लागि समिति गठन भइसक्यो’

काठमाडौं- शिक्षामन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रियाप्रति

नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच सम्झौता

काठमाडौं– नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन

झन् वैचारिक अलमल र द्विविधा : दस्तावेजमाथि न छलफल, न परिमार्जन

काठमाडौं– चितवनमा जारी सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो