चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर गिरी नियुक्त « Khabarhub

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर गिरी नियुक्त


२६ भाद्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्राध्यापक डा श्रीकृष्ण गिरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । विहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डा गिरीलाई नियुक्त गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालय स्रोतले बताएको छ ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित समितिले प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी भएका ९ जनामध्येबाट ३ जनाको नाम छनोट गरी भदौ पहिलो साता शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको थियो ।

सिफारिस समितिले एक नम्बरमा प्राध्यापक डाक्टर सुरेन्द्र शेरचन, दुई नम्बरमा प्रा डा शम्भुकुमार पहारी र तीन नम्बरमा प्रा डा श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो ।

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सिफारिस समितिले छनोट गरेको ३ जनाको नाम मन्त्री परिषद्मा पेस गरेका थिए । आजको मन्त्रिपरिषदको निर्णयले डा गिरीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

आयोगको उपाध्यक्षमा नियुक्त भएका डा गिरीले आफूलाई उपाध्यक्षमा नियुक्त गरिएको आधिकारिक जानकारी नआए पनि शुभचिन्तकहरुबाट भने बधाई आइरहेको बताए ।

आयोगको उपाध्यक्षमा नियुक्त भएका डा गिरी नेपाल सरकारका ११ औं तहका चिकित्सक हुन् । उनी राष्ट्रिय ट्रमा सेन्टरमा अर्थोपेडिक विभागको प्रमूखका रुपमा कार्यरत छन् ।

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्त नहुँदा नयाँ चिकित्सा ऐन कार्यन्वयनमा समेत जटिलता आएको थियो । यसअघि चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले भने आयोगको उपाध्यक्षका लागि सिफारिस समितिले छनोट गरेका उम्मेदवारहरु योग्य नभएको भन्दै आलोचना गर्दै आएका थिए ।

डा केसीले आयोगको उपाध्यक्षमा उम्मेदवारी दिने व्यक्तिहरु योग्य नरहेको बताए पनि सरकारले भने छनोट भएका ३ जनाबाट डा गिरीलाई नियुक्त गर्ने निर्णय गरेको स्रोतले बतायो ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहीबार  १० : ४० बजे

मतदानका लागि आफ्नो क्षेत्र फर्किँदै मतदाता (तस्बिरहरू)

काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब २ दिनमात्र बाँकी रहेको

रवि लामिछानेको फेसबुक ह्याक, सचिवालय भन्छ- पुनः सञ्चालनको प्रयास जारी छ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आधिकारिक

साउदीको ठूलो तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण : भूउपग्रहबाट यस्तो देखियो क्षति

रियाद– साउदी अरबको पूर्वी सहर रास तनुरास्थित एक प्रमुख तेल

महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी, दुर्गा प्रसाईं समूहको पर्चा भेटियो

काठमाडौँ– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रोकिराखेका सवारी साधनमा आगजनी भएको

दिवङ्गत अभिभावकका स्मृतिमा पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगको स्वास्थ्यचौकीमा एक दम्पतीले दिवङ्गत अभिभावकको