मधेशवादी दलबारे ओलीको पुरानो डाइलगले सेन्सरमा रोकियो ‘राजागंज’, सच्याएर ल्याउन निर्देशन | Khabarhub Khabarhub

मधेशवादी दलबारे ओलीको पुरानो डाइलगले सेन्सरमा रोकियो ‘राजागंज’, सच्याएर ल्याउन निर्देशन


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल बाहिर प्रदर्शन भइसकेको फिल्म ‘राजागंज’ लाई सेन्सर बोर्डले रोकेको छ ।

आगामी चैत १ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्मलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले प्रदर्शन अनुमति दिन अस्वीकार गरेको हो ।

सोमबार साँझ फिल्मको जाँचपछि बोर्डले केही दृश्य तथा शब्दहरूमा आपत्ति जनाउँदै त्यसलाई सच्चाएर ल्याउन निर्देशन दिएको निर्देशक दीपक रौनियारले बताएका छन् ।

विशेषगरी बोर्डले २०७२ सालमा नेकपा एमालेका अध्यक्षको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍बाट बाहिरिने मधेशी दलहरूलाई ‘रुखबाट झरेका दुई-तीनटा आँप’ को संज्ञा दिएको दृश्य फिल्ममा समावेश गरिएकोमा आपत्ति जनाएको हो ।

त्यसलाई हटाउन वा फिल्ममा समावेश गर्नैपर्ने भए प्रधानमन्त्रीको कार्यालयबाट अनुमतिसहितको पत्र लिएर आउन सेन्सर बोर्डले निर्देशन दिएको छ । निर्देशक रौनियारका अनुसार बोर्डले प्रधानमन्त्री, कालो-गोरो जस्ता शब्दसमेत नराख्न भनेको छ ।

फिल्मको बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा प्रिमियर राखिएको छ ।

तर, फिल्म सेन्सरमा अड्किएकाले प्रिमियर मात्र नभइ प्रदर्शन समेत अन्योलमा रहेको छ । कानुनमा सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म फिल्म देखाउन नपाइने व्यवस्था रहे पनि फिल्म सेन्सरअगाडि नै इटहरी, बिर्तामोड, जनकपुर, चितवन जस्ता सहरमा फिल्मको प्रिमियर शो आयोजना भइसकेको छ ।

प्रदर्शनउन्मुख फिल्म सेन्सरले रोकेपछि कलाकार, निर्माता निर्देशकहरुले भने आपत्ति जनाएका छन् ।

दीपकराज गिरीले सेन्सरको रोकेकोप्रति विरोध गर्नुपर्ने बताउँदै लेखेका छन्- ‘सर ! सुन्नुस न सर ! जे भन्नु हुन्छ त्यो काट्छु सर ! रिलिज डेट नै फिक्स भइसक्यो सर ! हो, यसरी सरका सर ! लगाएकोले नै सेन्सर भएको हो ! मिलेर विरोध गरौँ ।’

त्यस्तै अर्का कलाकार तथा निर्माता निर्देशक निश्चल बस्नेतले पनि सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? भन्दै प्रश्न गरेका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन्- ‘सेन्सरले ‘राजागंज’लाई रोकेछ । सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? डिसक्लेमर नबुझ्ने, फिल्ममा देखाएको सबैकुरा वास्तविकता हो भनेर बुझ्ने, फिक्सनको अर्थ नबुझ्ने । यस्तै हो चाहिने योग्यता ? फिल्म जति नै रियालिस्टिक भए पनि रियल हुँदैन । यो कलाको एक काम हो । आर्ट नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन् । हाम्रो नेपालमा ।’

त्यसैगरी अर्का फिल्मकर्मी मनोज पण्डितले अब नेपालमा राजनीतिक विषयमा फिल्म नै बन्न नसक्ने स्थिति आएको बताएका छन् । उनले लेखेका छन्- ‘नेपालमा राजनीतिक विषयमा चलचित्र नै बन्न नसक्ने स्थिति आइसक्यो जबकि, आज देशको मुल समस्या नै राजनीतिसँग जोडिएको छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ३ : ३५ बजे

भन्सार छलिको सामानसँगै ३ मोटरसाइकल बरामद

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले भन्सार छलीको विभिन्न

विश्वकप एसिया छनोट : नेपाल र हंकङबीचको खेल रद्द

काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत आज हुने भनिएको

यस्तो बन्यो संसद् भवन (फोटो फिचर)

काठमाडौं– सिंहदरबारभित्र साढे पाँच वर्ष अघिदेखि निर्माण भइरहेको संसद् भवनको

वैशाखको चौँथो साता शेयर बजारमा ‘डेड क्याट बाउन्स’

काठमाडौं– वैशाखको चौँथो साता वैशाख २१ गतेदेखि २५ गतेसम्म शेयर

अध्यक्ष माधव नेपालको स्वास्थ्यमा सुधार

 काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार