सर्वोच्चद्वारा वीरगञ्जको मुख्य सडक विस्तारविरुद्धको रिट खारेज « Khabarhub

सर्वोच्चद्वारा वीरगञ्जको मुख्य सडक विस्तारविरुद्धको रिट खारेज


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– सर्वोच्च अदालतले लामो समयदेखि अदालतमा विचाराधीन रहेको वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार गर्ने विरुद्धको रिट खारेजी गरेको छ। 

वीरगञ्जका छुट्टाछुट्टै पाँच घरधनी निवेदकले वीरगञ्जको मेनरोड खण्डमा सडकको दायाँबायाँ २५-२५ मिटरको विस्तार गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

वीरगञ्ज महानगरका लक्ष्मण साह रौनियारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर २०७६ सालमा सडक विस्तार रोक्नुपर्ने माग राख्दै रिट दायर गरेका थिए । अन्य निवेदकहरूले पनि फरक-फरक मितिमा सडक विस्तार विरुद्धमा रिट दायर गरेका थिए ।

सर्वोच्चका न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार रिट निवेदकहरूको पाँच वटै रिट खारेज गरेसँगै डिभिजन सडक कार्यालय हेटौँडालाई वीरगञ्जको मेनरोड खण्डको सडक दायाँबायाँ २५–२५ मिटर चौडा गर्ने बाटो खुलेको छ । सो रिट हालेसँगै सडक विस्तारको काम रोकिँदै आइरहेको थियो । 

त्रिभुवन राजपथ अन्तर्गत पर्ने गण्डकचोकदेखि पावर हाउसचोक, घण्टाघरचोकदेखि–आर्दशनगर, रजतजयन्तीचोक, शंकराचार्यगेट हुदैँ मितेरी पुलसम्मको मुख्य सडक विस्तारको काम मुद्दासँगै रोकिएको थियो । 

यो मुद्दाको रिट २८औँ पटक मंगलबार पेसी तोकिएको थियो  । मंगलबार सो मुद्दा सम्बन्धित रिट हेर्न नभ्याएपछि बुधबारको लागि हेर्दाहेर्दैमा राखिएको थियो । 
 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ७ : ०३ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित