कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता « Khabarhub

कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

विराटनगर । कोशी प्रदेश सभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता भएको छ ।

नेकपा (माओवादी केन्द्र)का सांसद गोम्बु शेर्पा र नेकपा (एकीकृत समाजवादी)की सांसद खिनु लङ्वा लिम्बूले ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ प्रदेशसभामा बुधवार दर्ता गराएका हुन् ।

प्रदेशभित्र बोलिने सबै राष्ट्रभाषाहरूको संरक्षणका लागि उक्त विधेयक दर्ता गरेको उनीहरुले बताएका छन् ।

विधेयकमा प्रदेशभित्र बोलिने सबै भाषालाई विद्यालय तहमा पठनपाठनको भाषाको रूपमा लागू गर्नुपर्ने, प्रदेश विश्वविद्यालय लगायतमा अध्ययन, अध्यापनको व्यवस्था गर्न सकिने उल्लेख गरिएको छ ।

सबै सरकारी काम कारबाही र कार्यालयमा रहने सार्वजनिक दस्ताबेजहरू प्रदेश सरकारी कामकाजमा पूर्ण प्रयोगमा आउने मैथिली र लिम्बू÷याकथुङ्ग भाषामा दस्तावेजीकरण र अभिलेखीकरण गर्ने उल्लेख छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ९ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै