१३ तस्वीरमा हेर्नुहोस् नेपाल आएकी सनी लियोनीको मन्द मुस्कान (फोटो फिचर) « Khabarhub

१३ तस्वीरमा हेर्नुहोस् नेपाल आएकी सनी लियोनीको मन्द मुस्कान (फोटो फिचर)


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वपोर्नस्टार तथा बलिउड अभिनेत्री सनी लियोनी यतिबेला नेपालमा छिन् । बिहीबार राजधानीमा आयोजना गरिएको चलचित्र ‘पासवर्ड’ को प्रिमियर शो मा सहभागी जनाउन उनी नेपाल आएकी हुन् ।

दिउँसो ४ बजेतिर नेपाल उत्रेकी सनी होटल ह्यातमा बसेकी थिइन् । राजधानीको कमलपोखरीस्थित कुमारी हलमा गरिएको प्रिमियरमा भने सनी ढिलो गरी आइपुगेकी थिइन् । यस्तै प्रिमियरमा नेपाली कलाकार भुवन केसी, दीपाश्री निरौला, प्रमोद अग्रहरि लगायतको पनि उपस्थिति थियो ।

प्रिमियर कार्यक्रममा चलचित्र ‘पासवर्ड’ का शीर्ष कलाकार अनुपविक्रम शाही, विक्रम जोशी, परी राना लगायत पनि उपस्थित थिए ।

निर्धारित समयभन्दा निकै ढिलो प्रिमियर शोमा आएकी सनी लियोनीलाई पञ्चकन्याले बाजागाजासहित स्वागत गरेका थिए । यस्तै उनको स्वागतमा लाखे नृत्य पनि प्रस्तुत गरिएको थियो । प्रिमियर शुरु हुनुपूर्व सनी पत्रकारमाझ केही समय बोलेकी थिइन् । उनले आफूले नेपाली चलचित्रमा काम गर्न पाउँदा खुशी लागेको पनि बताइन् ।

साथै उनले विश्वको सबैभन्दा मन पर्ने ठाउँ नेपाल भएको पनि धारणा राखिन् । सनीका फ्यानले सनी आउँदा हूटिङ गरेर उनको स्वागत गरेका थिए । सनी रेड कार्पेटमा हिँड्ने क्रममा केही फोटोपत्रकारले भीड बनाउँदा प्रहरीलाई पनि भीड नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो ।

तस्वीरहरू: अदिप श्रेष्ठ

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ७ : १५ बजे

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले

सुडानमा ड्रोन आक्रमणमा परी २३ जनाको मृत्यु

खार्तुम – सुडानको रणनीतिक शहर एल–ओबेदमा ड्रोन आक्रमणमा परी २३

सवारी चालक अनुमतिपत्रको परीक्षाबाट नक्कली परीक्षार्थी पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा

स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले क्यान्सरको उपचारका लागि

काठमाडाैंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

काठमाडौं – फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौँ जिल्लाभित्र सामूहिक