पद्मकन्या क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित | Khabarhub Khabarhub

पद्मकन्या क्याम्पसमा तालाबन्दी, स्ववियु निर्वाचन अनिश्चित


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


711
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ । तर काठमाडौं उपत्यकाका अधिकांश ठूला क्याम्पसहरूमा निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन ।

बागबजारस्थित पद्मकन्या क्याम्पसमा अनेरास्ववियु लगायत विद्यार्थी सङ्गठनले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

निर्वाचन मण्डलले मनोमानी ढङ्गले  सर्वदलीय बैठक नै नराखी र निर्वाचन अधिकृतको अनुपस्थितिमै निर्वाचन कार्यक्रम अघि बढाएकाले तालाबन्दी गर्नुपरेको अनेरास्ववियुका एक नेताले बताए। निर्वाचन समितिको कार्यालयमा तालाबन्दी हुँदा समेत सहमतिविना मनोनयन पत्र बाँडिएको उनको आरोप छ । 

उनले बिदाको दिन नोमिनेसन राखेर जबरजस्ती एकलौटी तरिकाले निर्वाचन गर्न खोजिएकाले तालाबन्दी गरिएको बताए । माग पूरा नभएसम्म ताला नखोल्ने उनको भनाइ छ ।

यसैबीच पद्मकन्या क्याम्पसमा गएराति होस्टेलका विद्यार्थीहरूलाई एउटा समूहले लगेको बताइएको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ७ : ५१ बजे

हङकङ सिक्सेस: नेपालले अफगानिस्तानसँग खेल्दै

काठमाडौं – हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले शुक्रबार अफगानिस्तानसँग प्रतिस्पर्धा

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी