उम्मेदवारी फिर्ता लिन चाहनेलाई आजसम्मको समय  « Khabarhub

उम्मेदवारी फिर्ता लिन चाहनेलाई आजसम्मको समय 


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन चैत ५ गते हुने छ । 

निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहनेलाई आजसम्मको समय सीमा तोकिएको छ । 

त्रिविकै विश्वविद्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनका लागि आज १ बजेसम्मको समय तोकिएको छ । 

बुधबार सम्ममा ८२ क्याम्पसमा पदाधिकारीहरू निर्विरोध भएका छन् । ०७९ को स्ववियु निर्वाचनको आँकडा अनुसार देशभर त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । ती सबैमा एकसाथ निर्वाचन गर्ने तयारी छ ।

इतिहास हेर्दा त्रिविमा स्ववियु निर्वाचन वि।सं २०१८–१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको छ । २०३०सम्म प्रत्येक वर्ष हुने गरेको थियो । तर वर्षैपिछे हुँदा काम गर्न समस्या भएपछि विसं २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने गरेको छ ।

त्रिविमा वि.सं. २०७३ देखि मिश्रित प्रणालीअनुसार उपत्यकाका नौ र बाहिरका १७ क्याम्पसमा निर्वाचन भएको थियो । अन्य क्याम्पस विवादका कारण निर्वाचन हुन पाएन ।

प्रत्येक दुई–दुई वर्षमा हुने भनिए पनि २०६५ यता नियमित हुन सकेको थिएन । २०६५ चैत ६ गतेपछि एकैचोटी आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भयो । पछिल्लो पटक २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  १२ : ३७ बजे

दुर्गा पूजा मण्डपमा भागदौड, १९ जनाको मृत्यु

कोलकाता– भारतको पूर्वी राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजा

नवरात्रको आठौँ दिन : शक्तिपीठमा भक्तजनको घुइँचो

काठमाडौँ– नवरात्रको आठौँ दिन आज काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा अवस्थित

कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालन, पाँच आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा

काठमाडौँ– बाढीपहिरो र कालीगण्डकी कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२०

दसैँ–तिहारमा घरमै बसेर हेर्न पाइने आठ नेपाली फिल्म, ‘सिनेमा घर’ले ल्यायो मुभी मेला

काठमाडौं – दसैँ–तिहारको बिदालाई लक्षित गर्दै ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ले ‘दसैँ–तिहार

सुनसान बने काठमाडौँका व्यस्त सडक (तस्बिरहरू)

काठमाडौँ – बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं