उम्मेदवारी फिर्ता लिन चाहनेलाई आजसम्मको समय  « Khabarhub

उम्मेदवारी फिर्ता लिन चाहनेलाई आजसम्मको समय 


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन चैत ५ गते हुने छ । 

निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहनेलाई आजसम्मको समय सीमा तोकिएको छ । 

त्रिविकै विश्वविद्यालयका अनुसार उम्मेदवारी फिर्ता लिनका लागि आज १ बजेसम्मको समय तोकिएको छ । 

बुधबार सम्ममा ८२ क्याम्पसमा पदाधिकारीहरू निर्विरोध भएका छन् । ०७९ को स्ववियु निर्वाचनको आँकडा अनुसार देशभर त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् । ती सबैमा एकसाथ निर्वाचन गर्ने तयारी छ ।

इतिहास हेर्दा त्रिविमा स्ववियु निर्वाचन वि।सं २०१८–१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको छ । २०३०सम्म प्रत्येक वर्ष हुने गरेको थियो । तर वर्षैपिछे हुँदा काम गर्न समस्या भएपछि विसं २०३६ देखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुने गरेको छ ।

त्रिविमा वि.सं. २०७३ देखि मिश्रित प्रणालीअनुसार उपत्यकाका नौ र बाहिरका १७ क्याम्पसमा निर्वाचन भएको थियो । अन्य क्याम्पस विवादका कारण निर्वाचन हुन पाएन ।

प्रत्येक दुई–दुई वर्षमा हुने भनिए पनि २०६५ यता नियमित हुन सकेको थिएन । २०६५ चैत ६ गतेपछि एकैचोटी आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भयो । पछिल्लो पटक २०७९ चैत ५ गते स्ववियु निर्वाचन भएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १२ : ३७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति