आठ दिनलाई गएका सुनिता र ब्यारी नौ महिनादेखि अन्तरिक्षमा अड्किए, पृथ्वीमा ल्याउने मिसन फेरि रोकियो | Khabarhub Khabarhub

आठ दिनलाई गएका सुनिता र ब्यारी नौ महिनादेखि अन्तरिक्षमा अड्किए, पृथ्वीमा ल्याउने मिसन फेरि रोकियो


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


858
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नौ महिनादेखि अन्तरिक्षमा अलपत्र परेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र उनका सहकर्मी ब्यारी विल्मोरको पृथ्वी फिर्ती अझै ढिलाइ हुने भएको छ ।

प्राविधिक गडबडीपछि नासा र स्पेसएक्सले आफ्नो मिसन स्थगित गरेकाले उनीहरू पृथ्वीमा फर्किने समय अझै अनिश्चित भएको हो ।

नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गर्ने तय भएको क्रू-१० मिसन फाल्कन ९ रकेटमा रहेको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रणालीको समस्याका कारण रद्द गरिएको नासाले जनाएको छ ।

नासाले अन्तरिक्ष यात्री एनी म्याक्लेन र निकोल आयर्स, जापानी अन्तरिक्ष एजेन्सीका अन्तरिक्ष यात्री ताकुया ओनिशी र रोस्कोसमोस अन्तरिक्ष यात्री किरिल पेस्कोभ स्पेसएक्सको ड्र्यागन क्रू क्याप्सुलबाट बाहिर निस्किएको जानकारी दिँदै अर्को प्रक्षेपण मार्च १३ मा साँझ ७:२६ बजेपछि हुने जनाएको छ । नासाले यसको समीक्षा गरिरहेको जनाएको छ ।

मार्च १३ मा क्रू-१० प्रक्षेपणपछि, अन्तरिक्ष यात्री निक हेग, सुनिता विलियम्स र बुच विल्मोरका साथै रूसी अन्तरिक्ष यात्री अलेक्जेन्डर गोर्बुनोभको क्रू-९ मिसन मार्च १७, सोमबार बिहान ९:०५ बजे इएसटीभन्दा पहिले अन्तरिक्ष स्टेशनबाट प्रस्थान गर्ने नासाले जनाएको छ ।

क्रू-१० स्पेसएक्सको मानव अन्तरिक्ष यातायात प्रणालीको १०औं क्रू रोटेशन मिसन हो । यो नासाको कमर्सियल क्रू कार्यक्रमअन्तर्गत अन्तरिक्ष स्टेशनमा यसको ११औँ क्रू उडान हो, जसमा डेमो-२ परीक्षण उडान पनि समावेश छ ।

सुनिता र ब्यारी कसरी रोकिए ?

सुनिता र ब्यारीजुन ५, २०२४ मा यस परीक्षण अभियानको लागि स्टारलाइनर अन्तरिक्ष यानमा उडान भरेका थिए । उनीहरु आठ दिन पछि फर्किने तालिका रहेको थियो ।

स्टारलाइनर अन्तरिक्ष यान आईएसएस नजिक पुग्दा, यसमा समस्या आयो र अन्तरिक्ष यानलाई मार्गदर्शन गर्ने यसका पाँच थ्रस्टरहरूले काम गर्न छोडे । त्यसमा भएको हेलियम पनि सकियो । यसका कारण, अन्तरिक्ष यान जल्ने इन्धनमा निर्भर हुनुपर्‍यो र दुवै अन्तरिक्ष यात्रीहरूको फिर्ती ढिलाइ भयो ।

६१ वर्षीया विल्मोर र ५८ वर्षीया सुनितालाई बोइङ स्टारलाइनर अन्तरिक्षयानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लगिएको थियो । यो मानिसहरू सवार भएको आफ्नो किसिमको पहिलो उडान थियो ।

यो नियमित प्रयोगमा ल्याउनु अघि नयाँ अन्तरिक्षयानले कस्तो प्रदर्शन गर्छ भनेर हेर्नको लागि गरिएको परीक्षण थियो । तर, यो अगाडि बढ्दै जाँदा, केही समस्याहरू उत्पन्न हुन थाले । यसको प्रोपल्सन प्रणालीमा चुहावट भयो र केही थ्रस्टरहरू पनि बन्द हुन थाले ।

सुनिता विलियम्स नौ महिनाभन्दा बढी समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा छिन् । योसँगै उनी अन्तरिक्षमा सबैभन्दा लामो समयसम्म निरन्तर बस्ने पहिलो महिला बनेकी छिन् ।

यद्यपि, यो सुनिताको पहिलो रेकर्ड होइन । उनले २२ घण्टा २७ मिनेट अन्तरिक्षमा हिँडेर सबैभन्दा लामो अन्तरिक्ष पैदल यात्रा गर्ने महिलाको रेकर्ड पनि कायम गरेकी छन् ।

यसअघि यो रेकर्ड अन्तरिक्ष यात्री क्याथरिन थोरन्टनको नाममा थियो । उनले २१ घण्टाभन्दा बढी अन्तरिक्ष पैदल यात्राको रेकर्ड राखेकी थिइन् ।

यो सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा हो । तीनवटै यात्राहरू सहित, उनले अहिलेसम्म नौ पटक स्पेसवाक गरिसकेकी छिन् । यस अवधिमा उनले ६२ घण्टा ६ मिनेट अन्तरिक्षमा स्पेसवाक गरेकी छन् ।

सुनिता विलियम्स एक अवकाशप्राप्त नौसेना हेलिकप्टर पाइलट हुन् भने विल्मोर एक पूर्व लडाकु जेट पाइलट हुन् । उनी यसअघि पनि दुई पटक अन्तरिक्ष यात्रा गरिसकेका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १ : २४ बजे

भारत–अमेरिका व्यापार वार्ता असफलताको अन्तर्य

काठमाडौं- पाँच चरणको व्यापार वार्तापछि भारतीय अधिकारीहरू अमेरिकासँग अनुकूल सम्झौता

हिरोसिमा र नागासाकी पुगेर जापानीले सम्झिए आणविक हतियारको पीडा

आजभन्दा ठिक ८० वर्षअघि। अगस्ट महिनाको महिनाको ६ देखि ९

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

झापा– झापाको कनकाई नगरपालिकाले नगरवासीलाई मृत्यु संस्कारमा सहयोग गर्ने उद्देश्यले

४१ स्थानमा सशस्त्रको मनसुन प्रतिकार्य अस्थायी बेस स्थापना

काठमाडौं– सशस्त्र प्रहरीले काठमाडौं उपत्यकासहित देशभर ४१ स्थानमा मनसुन प्रतिकार्य

कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य