व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण | Khabarhub Khabarhub

व्यापार युद्धले तेलको माग वृद्धिमा कमी ल्याउनसक्ने आइइएको प्रक्षेपण


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – यस वर्ष तेलको विश्वव्यापी माग वृद्धिले गति लिने अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए) ले जनाएको समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएसँगै सुरु भएको बढ्दो व्यापार युद्धका कारण बजारलाई प्रभावित पार्न सक्ने देखिएको छ । 

आइइएको तथ्यांक अनुसार ‘फेब्रुअरी र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । विश्वव्यापी अर्थव्यवस्थामा व्यापार युद्धको प्रभावको बारेमा चिन्ता बढेको छ र ओपेक प्लस समूहले अर्को महिना उत्पादन बढाउने योजनाको पुष्टि गरेको छ ।

सन् २०२५ मा विश्वव्यापी तेलको माग दैनिक १० लाख ब्यारेल (बिपिडी) ले बढ्ने अनुमान गरिएको छ । यो सन् २०२४ मा आड लाख ३० हजार बिपिडी थियो । यसले यस वर्षको समग्र मागलाई तेलको कम मूल्य र चीनबाट आउने मागमा वृद्धिका कारण दश लाख ३९ हजार बिपिडीमा लैजानेछ। 

विकसित देशहरूलाई ऊर्जा नीतिबारे सल्लाह दिने निकायले सन् २०२४ को अन्तिम त्रैमासिक र यस वर्षको पहिलो तीन महिनाका लागि आफ्नो अनुमान घटाएको जनाएको छ ।

“नयाँ अमेरिकी करले सन् २०२५ मा विश्वव्यापी व्यापार र आर्थिक वृद्धिमा अवरोधको रूपमा काम गर्नेछ,” आईईएले आफ्नो मासिक तेल बजारबारे तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ । 

आइइएका अनुसार आपूर्ति यस वर्ष छ लाख बिपिडीभन्दा बढी हुने अनुमान गरिएको छ, बिहीबार यो मूल्यांकनले कच्चा तेलको मूल्य घटाउन मद्दत गर्ने देखिएको छ । 

कच्चा तेलको मूल्य निर्धारणमा महत्त्वपूर्ण भूमिका खेल्ने ब्रेन्टको मूल्यमा ०.५ प्रतिशत कमी आई ग्रीनविच समएअनुसार बिहीबार बिहान १०ः५० प्रति ब्यारेल ७०.५७ डरमा कारोबार भएको छ । 
 

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ६ : २५ बजे

पथरी शनिश्चरे गोल्डकपः पथरी–११ र सलहेस फाइनलमा

पथरी – अन्तरराष्ट्रिय आमन्त्रण दोस्रो इन्ट्रा पथरी शनिश्चरे गोल्डकप–२०८२ उपाधिका

एनसेल र मेटलाइफ नेपालको साझेदारीमा ‘डाटासँगै जीवन बिमा’ सेवा

काठमाडौँ- एनसेल अजिरा लिमिटेड र मेटलाइफ नेपालबीचको सहकार्यमा नेपाली ग्राहकहरूका

प्रमाणसहित उजुरी दर्ता गर्न सहकारीका बचतकर्तालाई प्रहरीको आग्रह

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका–९ नयाँबजारमा सञ्चालित पोखरा

ललितकला प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि अन्तरराष्ट्रिय कला प्रदर्शनी

काठमाडौं – काठमाडौंमा आउँदो आइतबारदेखि पाँच दिने अन्तरराष्ट्रिय कला प्रदर्शनी

मंसिर १ गतेदेखि सर्वोच्च अदालतका सबै सेवा सुचारु हुने

काठमाडौँ- मंसिर १ गतेदेखि सर्वोच्च अदालतले सबै खालका सेवा सुचारु