माल्दिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा पढाउन द्विपक्षीय सम्झौताको तयारी « Khabarhub

माल्दिभ्सका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा पढाउन द्विपक्षीय सम्झौताको तयारी


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउनका लागि तयारीस्वरुप स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त समिति गठन गरेका छन् ।

इण्डोनेसियामा क्षेत्रीय स्वास्थ्य सम्मेलनमा सहभागी भएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य मन्त्री अब्दुल्ला खलिलबीच गत असोज पहिलो साता त्यहाँका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउने विषयमा कुराकानी भएको थियो । 

माल्दिभ्सले नेपालले वातावरण बनाएमा विद्यार्थी अध्ययन गर्न पठाउने बताए पछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको द्विपक्षीय मान्यता तथा प्रवर्द्धनका उपायबारे सुझाव दिन आग्रह गरेका थिए । 

सोहीअनुसार काउन्सिलले दुवै देशको मापदण्डका  आधारमा द्विपक्षीय सम्झौतापश्चात् विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आशयको प्रतिवेदन दिएको थियो । 

सोही आधारमा माल्दिभ्ससँग द्विपक्षीय सम्झौता गर्ने गरी तयारी गर्न मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्राडा चोपलाल भुषाल संयोजक रहेको सात सदस्यीय समिति गठन गरेका हुन् । ‘नेपालमा कम्तीमा सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउने वातावरण बनाउन हामी प्रयत्नरत छौं,’ उनले भने, ‘माल्दिभ्सबाट सकारात्मक थालनी गर्ने योजना छ ।’

समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख सदस्य छन् । यसैगरी नेपाल मेडिकल काउसिन्सलका रजिस्ट्रार,चिकित्सा शिक्षा आयोगका निर्देशक तथा सदस्य सचिव सदस्य रहने समितिमा चिकित्सा सेवा, शिक्षा तथा अनुसन्धान शाखाका अधिकृत सदस्य सचिव रहने गरी तोकिएको छ ।

समितिले दुवै देशमा अवस्थित चिकित्सा शिक्षा मापदण्ड र मान्यताबारे विस्तृत समीक्षा गर्नेछ । यसैगरी, दुवै देशका मेडिकल काउन्सिलका मापदण्ड अध्ययन गरेर द्विपक्षीय सम्झौता तथा अन्त्यमा मन्त्रालयहरुबीच औपचारिक हस्ताक्षर गर्ने वातावरण तयार गर्न समितिलाई कार्यादेश दिइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । 

यससँगै अन्य सार्क राष्ट्रका चिकित्सा विद्यार्थीसमेत अध्ययन गर्ने वातावरण तयार हुने उनले बताए ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ४ : ५० बजे

रौतहटका सामुदायिक वनका उपभोक्तालाई आगो निभाउने सामग्री 

चन्द्रपुर– रौतहटका सामुदायिक वन उपभोक्ता समूहहरूलाई एक संस्थाले आगो निभाउनमा उपयोग

प्रधानमन्त्रीले भनिन् : दल र जेन-जी दुवैको आलोचना सहन्छौँ, तर हामी कसैको अचानो होइनौँ

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दलहरू चुनावको

पर्यटकीय गन्तव्य बन्दै ‘राइनासकोट’

सुन्दरबजार– पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय

सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

जलेश्वर– यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती