इरानसँगको आणविक वार्ताका लागि ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न चीनको आग्रह | Khabarhub Khabarhub

इरानसँगको आणविक वार्ताका लागि ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न चीनको आग्रह


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले तेहरानको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्ने आशाका साथ शुक्रबार इरान र रुसका कूटनीतिज्ञसँग छलफल सुरू गर्नुअघि इरानमाथिको ‘अवैध’ प्रतिबन्ध अन्त्य गर्न अमेरिकासँग आग्रह गरेको छ ।

सन् २०१५ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा तेहरानको आणविक विकासमा प्रतिबन्ध लगाउने ऐतिहासिक सम्झौताबाट अमेरिका पछि हटेको थियो ।
 
रिपब्लिकन राष्ट्रपति ट्रम्पले जनवरीमा ह्वाइट हाउसमा फर्केपछि इरानसँग नयाँ आणविक सम्झौताको लागि आह्वान गरेका छन् तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्धहरू कायम रहन्छन् तबसम्म त्यस्तो कुनै सम्झौता सम्भव नभएको बताएको छ।

गत महिना संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले इरानले अत्यधिक संवर्द्धित युरेनियमको भण्डारमा उल्लेखनीय वृद्धि गरेको बताएपछि यो सम्झौतालाई थप महत्त्व दिइएको थियो ।

बेइजिङले शुक्रबार इरानका उपविदेशमन्त्री काजेम गारिबाबादी र रुसी उपविदेशमन्त्री सर्गेइ र्याबकोभलाई वार्ताका लागि आमन्त्रण गरेको थियो ।

चिनियाँ कूटनीतिज्ञ वाङ यीले इरानी आणविक मामिलामा वार्ता र संवादबाट व्यापक सहमति निर्माण गर्नु महत्त्वपूर्ण उपलब्धि भएको बताए। 

उनले भने, ‘अहिले स्थिति फेरि नाजुक मोडमा पुगेको छ । हामीले शान्तिका लागि समय निकाल्नुपर्छ, राजनीतिक र कूटनीतिक माध्यमबाट विवाद समाधान गर्नुपर्छ र बल प्रयोग र अवैध प्रतिबन्धको विरोध गर्नुपर्छ।’

’शान्तिपूर्ण’ परमाणु कार्यक्रम–

गारीबादीले बेइजिङमा भएको ‘रचनात्मक’ वार्ताको प्रशंसा गरे । ‘इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रकृतिको छ,’ उहाँले भन्नुभयो ।  

‘हाम्रो आणविक कार्यक्रम कहिल्यै पनि अशान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गरिएको छैन,’गारीबादीले भने ।

तर दुर्भाग्यवश, केही देशहरूले यस सम्बन्धमा अनावश्यक सङ्कट सिर्जना गर्न खोजिरहेका छन्।

‘वर्तमान परिस्थितिको मूल कारण संयुक्त राज्य अमेरिकाको एकतर्फी बहिर्गमन हो,’ गारिबाबादीले भने । 
 
रुसी र इरानी अधिकारीले शुक्रबार चीनका उपविदेशमन्त्री मा झाओसुलाई भेटेर इरानको आणविक मुद्दा र साझा चासोका अन्य विषयमा विचार आदानप्रदान गरेको बेइजिङको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

उक्त बैठकपछि माले ‘राजनीतिक र कूटनीतिक संलग्नता र पारस्परिक सम्मानमा आधारित संवाद’का लागि चीनको समर्थन रहेको दोहोर्‍याएका थिए । 

माले भने, ‘हामीले सबै गैरकानुनी र एकपक्षीय प्रतिबन्ध अन्त्य गर्नुपर्नेमा जोड दिएका छौँ ।’

उनले भने, ‘सम्बन्धित पक्षहरूले वर्तमान परिस्थितिको मूल कारणहरू समाप्त गर्न र प्रतिबन्ध, दबाब र बल प्रयोगको धम्कीलाई त्याग्ने काम गर्नुपर्छ।’

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ५ : १० बजे

स्ववियु निर्वाचन : त्रिविका ११ आङ्गिक क्याम्पसमा प्रक्रिया अगाडि बढेन

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका ११ आङ्गिक क्याम्पसमा स्वतन्त्र

मनाङका ९० किशोरीले लगाए एचपिभी खोप

मनाङ – हिमाली जिल्ला मनाङका ९० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको

मेचीनगर गोल्डकप : उपाधिका लागि आयोजक काँकडभिट्टा र चर्च ब्वाइज भिड्ने

झापा – काँकडभिट्टामा जारी पाँचौँ मेचीनगर गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका

गोरखाको इतिहास अध्ययन र प्रवर्द्धन गर्न ‘स्रष्टा पदयात्रा’

गोरखा – गोरखाको इतिहास अध्ययन र पर्यटन प्रवर्द्धनका लागि ‘स्रष्टा

नेविसङ्घले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन पहल गर्ने

काठमाडौं – नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले ‘स्मार्ट शिक्षा नीति’ ल्याउन