बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ « Khabarhub

बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा सशस्त्रका सई पक्राउ


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं – महोत्तरी लोहारपट्टी नगरपालिका-४ खुट्टापिपराढीस्थित रेल्वे ट्रयाक सुरक्षा पोस्टमा कार्यरत सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) धर्मेन्द्र महतो पक्राउ परेका छन् ।

महतोलाई सशस्त्रको महोत्तरीस्थित ९ नम्बर गणका एसपीले पक्राउ गरी गणमा ल्याएर राखेका हुन्।

त्यहाँकी स्थानीय ९ वर्षीया बालिकामाथि शुक्रबार यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महतोलाई नियन्त्रणमा लिइएको हो।

महोत्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल प्रसाद जैसवारका अनुसार यौन दुर्व्यवहारपछि स्थानीयले आन्दोलन गरेका थिए।

स्थानीयको आन्दोलनपछि सशस्त्र प्रहरीका एसपी आफैँ महतोलाई नियन्त्रणमा लिन पुगेका थिए।

जैसवारका अनुसार अहिले सशस्त्र प्रहरीले उनीमाथि आन्तरिक छानबिन तथा कारबाही गरिरहेको छ। यता पीडितले यौन दुर्व्यवहारबारे जाहेरी दिएपछि आवश्यक कारबाही अघि बढ्ने जैसवारले बताए।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ७ : ०९ बजे

यूएनएचसीआरमा आर्थिक संकट, ८३ लाख विस्थापित सहायता र संरक्षणबाट वञ्चित हुने जोखिममा

जेनेभा- संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय (यूएनएचसीआर) ले पर्याप्त बजेट अभावका कारण

सञ्चारमन्त्री तिमिल्सिनाको कोरिया भ्रमण स्थगित

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गणतन्त्र कोरियाको राजधानी

रूपपुर आणविक इन्धन ढुवानीमा पाकिस्तानले अनुमति नदिँदा अवरोध

ढाका- बङ्गलादेशको रूपपुर आणविक ऊर्जा केन्द्रका लागि युरेनियम इन्धन बोकेको विमानलाई

बजेट कार्यान्वयनमा ढिलासुस्ती नगर्न बागमतीका मुख्यमन्त्रीको निर्देशन

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले चालु आर्थिक वर्षको नीति, कार्यक्रम

सरकारी निर्णय प्रक्रिया डिजिटल बनाउन नयाँ नियमावली

काठमाडौं– नेपाल सरकारले सार्वजनिक प्रशासनको निर्णय प्रक्रियालाई छरितो, पारदर्शी र