दोस्रो युवा सम्मेलन बङ्गलादेशमा हुने | Khabarhub Khabarhub

दोस्रो युवा सम्मेलन बङ्गलादेशमा हुने


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘दोस्रो दक्षिण एशियाली युवा सम्मेलन–२०१९’ बङ्गलादेशको ढाकामा हुने भएको छ ।

क्षेत्रीय एकतालाई थप बलियो बनाउँदै युवाहरुको सामूहिक नेतृत्व विकासका लागि अनुभव र अवसर आदानप्रदान गर्ने उद्देश्यले आयोजना गरिने सो सम्मेलन आगामी असोज १ र २ गते सञ्चालन हुनेछ ।

ग्लोबल युथ पार्लियामेण्टद्वारा आयोजित सो सम्मेलनमा नेपालसहित श्रीलङ्का, पाकिस्तान र भारतलगायत दक्षिण एशियाली मुलुकबाट युवा प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

सम्मेलनमा दक्षिण एशियाली मुलुकमा रहेर विभिन्न विधामा सक्रिय युवाहरुलाई सम्मान गर्नुका साथै युवाहरुको नेतृत्व विकास, दिगो विकास, व्यावसायिक नेतृत्व, पर्यटन, शिक्षा, स्वास्थ्य, न्याय र प्रविधिलगायतका विषयमा बृहत् छलफल हुने र अन्तिम दिन ढाका घोषणापत्र जारी गरिने ग्लोबल युथ पार्लियामेण्टका अध्यक्ष दीवाकर अर्यालले जानकारी दिए ।

सम्मेलनमा विभिन्न देशका करीब ३०० युवाहरुको सहभागिता रहनेछ । सम्मेलनको संयोजन बङ्गलादेशको ग्लोबल ल थिङ्कर सोसाइटीले गरेको छ ।

पहिलो दक्षिण एशियाली युवा सम्मेलन सन् २०१७ मा काठमाडौँमा सम्पन्न भइसकेको छ भने तेस्रो सम्मेलन सन् २०२० मा श्रीलङ्कामा सम्पन्न गरिने भएको छ ।

युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले सन् २०११ मा स्थापना गरिएको ग्लोबल युथ पार्लियामेण्टको उत्तर कोरिया, क्यानाडा, ब्राजिल, बेलायत र इटलीलगायत विभिन्न ४३ देशमा शाखा स्थापना गरिएको छ ।

ग्लोबल युथ पार्लियामेण्टले ‘युवा सार्क सम्मेलन’, ‘ग्लोबल युथ पिस कन्फरेन्स’, ‘एशियन युथ एसेम्बली’ र ‘ग्लोबल युथ लिडरसीप समिट’ लगायत युवाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ९ : १६ बजे

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं– नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला

कास्कीमा माइक्रोबस दुर्घटना हुँदा २३ जना घाइते

लेखनाथ– कास्कीमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित २३ जना घाइते भएका

दोस्रोपटक मुलुकको सार्वभौम साख मूल्यांकन गरिँदै

काठमाडौं– नेपालले दोस्रोपटक सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) को

सशस्त्र प्रहरी बल रौतहटद्वारा ३० बोरा सुर्ती बरामद

रौतहट– सशस्त्र प्रहरी बल रौतहटले अवैधरुपमा भण्डारण गरेर राखेको ३०

कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर (तस्बिरहरू)

काठमाडौं– विभिन्न पाँच बुँदे माग राख्दै कवाड व्यवसायीहरू आन्दोलित भएका