प्रभु बैंकको मुक्तिनाथ मन्दिरमा भीम युपीआई सेवा सुरू « Khabarhub

प्रभु बैंकको मुक्तिनाथ मन्दिरमा भीम युपीआई सेवा सुरू


१ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रभु बैंकले मुक्तिनाथ मन्दिर परिसरमा आज एक समारोहकाबीच नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपिआई सेवा शुभारम्भ गरेको छ ।

उक्त सेवाको सुरूवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआइमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन् ।

यो सेवा क्रस बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने बैंकको अपेक्षा छ ।

गभर्नर महाप्रसाद अधिकारीले यस सेवाको शुभारम्भ गर्दै यसले डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै वित्तीय समावेशनलाई बलियो बनाउने उल्लेख गरे ।

उनले भक्तजनका लागि यो प्रविधि सुरक्षित, पारदर्शी र सरल हुने बताउदैँ डिजिटल भुक्तानीलाई सर्वसुलभ बनाउन विभिन्न सचेतना कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए ।

गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक ‘डिजिटल नेपाल’ अभियानलाई प्राथमिकता दिँदै आएको र यस्ता नवीनतम प्रविधिहरूको प्रवर्द्धनमा निरन्तर प्रतिबद्ध रहेको बताए।

उनले डिजिटल भुक्तानी प्रविधिलाई नेपालभर सर्वसुलभ बनाउने तथा वित्तीय पहुँचलाई विस्तार गर्ने दिशामा राष्ट्र बैंकले आवश्यक नीति तथा कार्यक्रमहरू अघि बढाउने उल्लेख गरे।

समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ती सापकोटा, नेपाल राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपक राज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजु राना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरू को उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८१, शुक्रबार  ७ : २३ बजे

निर्वाचन दुई दिन बाँकीः आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन

मौन अवधि सुरु हुँदा बालेनको स्टाटस- ‘मेरो देशलाई शुभकामना’

काठमाडौं – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको

आज २०८२ साल फागुन १९ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन १९ गते मंगलबार फागुन