निःशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन गरिने | Khabarhub Khabarhub

निःशुल्क शल्यक्रियासहित आँखा उपचार शिविर सञ्चालन गरिने


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाल नेत्रज्योति सङ्घ खोटाङले यही चैतमा  जिल्लाका तीन स्थानमा निःशुल्क शल्यक्रियासहितको आँखा उपचार सेवा शिविर सञ्चालन गर्ने भएको छ ।

यही चैत ४, ५ र ६ गते बाक्सिला बजार, चैत ९, १० र ११ गते दिक्तेल तथा चैत १४, १५ र १६ गते त्रिधार्मिकस्थल हलेसीमा शिविर सञ्चालन गर्ने जनाएको छ ।

सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानको प्राविधिक सहयोगमा सञ्चालन गरिने शिविरमा जटिल किसिमका आँखाका बिरामीको निःशुल्क शल्यक्रिया, आँखा जाँच, औषधि तथा चस्मा वितरण गरिने आयोजक संस्था नेपाल नेत्रज्योति सङ्घ खोटाङका अध्यक्ष इन्द्र कसजूले जानकारी दिए ।

दश स्थानीय तह रहेको खोटाङमा एक हजार ५४२ जनामा अन्धोपनाको समस्या रहेको सर्वेक्षणले देखाएको छ । उनीहरूलाई संसार देखाउने उद्देश्यले शिविर आयोजना गरिएको उनको भनाइ छ ।

आयोजकका अनुसार शिविरमा करिब दुई हजार १०० जनाले सेवा लिने अनुमान गरिएको छ । शिविरमा शल्यक्रिया गराएका बिरामी र कुरुवाका लागि खाना, खाजा र बासको समेत व्यवस्था गरिएको छ ।

२०६० साल वैशाख १० गतेबाट जिल्लामा औपचारिक रुपमा सेवा सुरु गरेको सङ्घले २७ हजार ५०१ जनाको आँखा उपचार गराइसकेको जनाइएको छ । निःशुल्क आँखा उपचार शिविर सञ्चालनका लागि नेत्रज्योति सङ्घ र सम्बन्धित स्थानीय तहको तीन लाख ५० हजारदेखि चार लाखसम्म खर्च हुने जनाइएको छ ।

शिविरका लागि सगरमाथा चौधरी आँखा अस्पताल सिरहा लहानले औषधि, उपकरण तथा प्राविधिक सहयोग निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

सङ्घले सदरमुकाम दिक्तेल बजार र हलेसीमा आँखा उपचार केन्द्र सञ्चालन गर्दै आएको छ । केन्द्र सञ्चालनका लागि सरकारले एउटा केन्द्रलाई बीउ पुँजीको रुपमा हरेक वर्ष पाँच लाख  उपलब्ध गराउँदै आएको सङ्घका अध्यक्ष कसजूले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : ४७ बजे

दल दर्ताका लागि आयोग पुगे नेपाली कम्युनिस्ट पार्टीका नेता (तस्बिरहरू)

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताका लागि आवश्यक कागजातहरू निर्वाचन

सेवाको ज्ञान, सिप र अनुभव निवृत्त जीवनमा उपयोग गर्न पाएकोमा आवेदक हर्षित 

काठमाडौं– काठमाडौं महानगरपालिकाको सिल्भर भोलेन्टियर कार्यक्रमका आवेदकहरूले सेवा निवृत्त जीवनमा

जेन-जी ‘विद्रोह’को दुई महिना : थप अनिश्चिततातिर मुलुक

काठमाडौं– जेन–जी पुस्ताका युवाले भदौ २३ र २४ मा गरेको

के पाक्दैछ शिक्षामन्त्रीको चुल्होमा ? विज्ञ भन्छन्– मिडियाले व्यक्तिगत जीवन उचाल्न हुँदैन

काठमाडौं- जेन–जी आन्दोलनपश्चात बनेको अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री

गृहमन्त्री अर्याल र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, चुनावको विषयमा छलफल

काठमाडौं– गृहमन्त्री ओम प्रकाश अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन