बीआरआई नेपालको विकास गर्ने अवसर हो : झलनाथ खनाल « Khabarhub

बीआरआई नेपालको विकास गर्ने अवसर हो : झलनाथ खनाल


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले बीआरआई नेपालका लागि विकास र समृद्धि हासिल गर्ने अवसर भएको बताएका छन् ।

फाउण्डेसन फर पिस, डेभलपमेन्ट एण्ड सोसोलिजमले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले बीआरआईबाट फाइदा दिदैँ यसलाई विकास र समृद्धिको अवसरको रुपमा लिनुपर्ने बताए । बीआरआई अवधारणा विश्वव्यापी विकास परियोजनाका रुपमा रहेको उनले बताए ।

खनालले पूर्वाधार विकास, सम्पर्क सञ्जाल विस्तारलगायतमा बीआरआईले अभूतपूर्व अवसर प्रस्तुत गर्ने धारणा राखे । बीआरआईलाई चिनियाँ ऋणको पासोका रुपमा केहीले टिप्पणी गर्ने गरेको उल्लेख गर्दै उनले बीआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा नै देखिएको बताए ।

त्यस्तै नेपालका लागि चिनियाँ राजदूत छन् सङले नेपालको विकास प्रयासमा चीन सदैव सकारात्मक रहेको बताए। चीन विश्वकै प्रमुख व्यापारिक केन्द्र बन्दै गएको भन्दै उनले आयातमा समेत चीन निकै अगाडि रहेको जानकारी दिए । उनले बीआरआईका कुनै अन्यौलमा पर्नुपर्ने कारण नरहेको र यसमार्फत पूर्वाधार, सूचना प्रविधि, औद्योगिकीकरणका काम अघि बढेको जानकारी दिए ।

उनले अहिले विद्तिय सवारी साधनमा चीन विश्वकै धेरै उत्पादन गर्ने मुलुक बन्न सफल भएको बताए । कार्यक्रममा नेपालमा बीआरआई कार्यान्वयनः अवसर र चुनौतीलगायत विषयमा छलफल गरिएको थियो । 

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  १ : १२ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा