बद्री पहाडी समाजसेवा पुरस्कार पदम सुन्दासलाई | Khabarhub Khabarhub

बद्री पहाडी समाजसेवा पुरस्कार पदम सुन्दासलाई


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक अभियन्ता तथा पूर्वराजदूत पदम सुन्दासलाई यसवर्षको ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार’ प्रदान गरिने भएको छ।  मानव अधिकार तथा शान्ति समाजले सामाजिक न्यायका लागि विशिष्ट योगदान पुर्‍याएको भन्दै उनलाई यो सम्मान प्रदान गर्ने निर्णय गरेको हो।

पुरस्कार छनोट समितिको बैठकले सुन्दासलाई एक लाख १० हजार रुपैयाँ राशिसहितको यो सम्मान दिने निर्णय गरेको हो । भोजपुरमा २००२ साल असार ३२ गते जन्मिएका सुन्दास तीन दशकभन्दा बढी समयदेखि सामाजिक न्यायको क्षेत्रमा सक्रिय छन्।

२०७४ देखि २०७८ सम्म बहराइनका लागि नेपाली राजदूतका रूपमा काम गरेका उनले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि पनि विभिन्न भूमिकामा योगदान पुर्‍याएका छन्।

सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दास २०६८ सालमा प्रधानमन्त्री कार्यालयअन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिमा सदस्य थिए। 

उनले २०२१ सालमा भोजपुर सिद्वकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गरेका थिए भने २०७२ सालमा दलितमैत्री संविधान निर्माणका लागि तीन महिनासम्म शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकका रूपमा भूमिका निर्वाह गरेका थिए। नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्षका रूपमा २० वर्ष काम गरेका उनले एशिया दलित अधिकार मञ्चको संस्थापक सदस्यको रूपमा समेत योगदान दिएका छन्।

पुरस्कार प्राप्त गर्न लाग्दा आफूलाई हौसला मिलेको बताउँदै सुन्दासले समाज परिवर्तनका लागि आफू निरन्तर काम गरिरहने बताए। 

उनले भने, ‘जीवनमा सक्षम भएर काम गर्न थालेपछी बुद्धको सिद्धान्तलाई अनुसरण गरेको छु। मैले कमाएको केही पैसा समाजको सहयोगका लागि खर्च गर्ने प्रण गरेको थिएँ। नामका लागि होइन, समाजको परिवर्तनका लागि काम गरेको हुँ। सम्मान पाउँदा खुसी लागेको छ, तर सम्मानका लागि मात्र मैले काम गरेको होइन।’

उनले भोजपुरको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व झल्काउने ‘भोजपुरको चिनारी’ नामक पुस्तक लेखेका छन् भने ‘चोरिएको रात’ नामक कथा सङ्ग्रह पनि प्रकाशित गरिसकेका छन्। यसअघि २०७३ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ‘भगत सर्वजित् मानव मर्यादा राष्ट्रिय पुरस्कार’ द्वारा सम्मानित भएका थिए।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  २ : १५ बजे

मन्त्री अधिकारीले भने- घुस लेनदेनमा नाम मुछेर चरित्र हत्या गरियो, गल्ती भेटिए सजाय भोग्छु

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

काठमाडौं – स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित

जेलमा रहेका रविको पक्षमा २४ लाख ५७ हजारको हस्ताक्षर

काठमाडौं- भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन सम्झौता

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्षको पहिलो

बेलायतको संसदीय अभ्यासबारे अनुभव आदानप्रदान गरी लगानी प्रवर्द्धन गरिने

काठमाडौं– नेपाल–बेलायत संसदीय मैत्री समूहले नीति निर्माण अनुभव आदानप्रदान र