स्ववियु निर्वाचन : कैलालीमा अनेरास्ववियु र राप्रविसंघका उम्मेदवार नेविसंघ प्रवेश « Khabarhub

स्ववियु निर्वाचन : कैलालीमा अनेरास्ववियु र राप्रविसंघका उम्मेदवार नेविसंघ प्रवेश


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विभिन्न संगठनबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रवेश गरेका छन् । 

कैलालीको लम्की बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (राप्रविसंघ)बाट मनोनयन दिएका दुई उम्मेदवारले नेविसंघ प्रवेश गरेका हुन् । 

राप्रविसंघतर्फबाट कोषाध्यक्षका उम्मेलदवार कविता पाण्डे र अनेरास्ववियुबाट समानुपातिक उम्मेदवार लक्ष्मी देवकोटाले आ–आफ्नो संगठन परित्याग गरेर नेविसंघ प्रवेश गरेको केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी दिए ।

नेविसंघका उम्मेदवारहरूसँग अन्तरक्रियाका लागि शनिबार लम्कीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले समानुपातिक उम्मेदवार देवकोटालाई नेविसंघको सदस्यता प्रदान गरेका थिए । 

राप्रविसंघबाट कोषाध्यक्षमा मनोनयन गरेकी पाण्डेले बिहीबार नै नेविसंघ प्रवेश गरेको विद्यार्थी नेता अवस्थीले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ३ : ०३ बजे

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको

जापानिज इन्सेफ्लाइटिस्बाट यस वर्ष ३५ जनाको मृत्यु

काठमाडौं– जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको

अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबलको तयारी पूरा

धरान– नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा सञ्चालन हुन लागेको कोशी

पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र रोमानिया पठाइदिन्छु भन्दै