स्ववियु निर्वाचन : कैलालीमा अनेरास्ववियु र राप्रविसंघका उम्मेदवार नेविसंघ प्रवेश « Khabarhub

स्ववियु निर्वाचन : कैलालीमा अनेरास्ववियु र राप्रविसंघका उम्मेदवार नेविसंघ प्रवेश


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


669
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि विभिन्न संगठनबाट मनोनयन दर्ता गरेका उम्मेदवारहरू नेपाल विद्यार्थी संघ (नेविसंघ) प्रवेश गरेका छन् । 

कैलालीको लम्की बहुमुखी क्याम्पसमा नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ (राप्रविसंघ)बाट मनोनयन दिएका दुई उम्मेदवारले नेविसंघ प्रवेश गरेका हुन् । 

राप्रविसंघतर्फबाट कोषाध्यक्षका उम्मेलदवार कविता पाण्डे र अनेरास्ववियुबाट समानुपातिक उम्मेदवार लक्ष्मी देवकोटाले आ–आफ्नो संगठन परित्याग गरेर नेविसंघ प्रवेश गरेको केन्द्रीय सदस्य टेकराज अवस्थीले जानकारी दिए ।

नेविसंघका उम्मेदवारहरूसँग अन्तरक्रियाका लागि शनिबार लम्कीमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले समानुपातिक उम्मेदवार देवकोटालाई नेविसंघको सदस्यता प्रदान गरेका थिए । 

राप्रविसंघबाट कोषाध्यक्षमा मनोनयन गरेकी पाण्डेले बिहीबार नै नेविसंघ प्रवेश गरेको विद्यार्थी नेता अवस्थीले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ३ : ०३ बजे

एमालेमा नेतृत्व परिवर्तन बहस: प्रतिवेदनमा ओलीले रोके, केन्द्रीय कमिटीमा नेताले आवाज उठाउने

काठमाडौँ – कार्यदलले तयार पारेको प्रतिवेदनमा एमाले अध्यक्ष केपी शर्मा

कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

झापा– कोशी प्रदेशमा डेंगु संक्रमणको दर बढ्दै गएको छ ।

एमाले सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

तनहुँ– १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर

बेतबाँसको सीपले आयआर्जनमा सहयोग

बर्दिया– वीरबहादुर चौधरी दुर्घटनामा परी पूर्ण अपाङ्गता भएपछि बढैयाताल गाउँपालिका–९