समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो : महासचिव पोखरेल « Khabarhub

समावेशिता नेपालको लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ हो : महासचिव पोखरेल


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले समावेशिता लोकतान्त्रिक गणतन्त्रको आधारस्तम्भ भएको बताएका छन् । 

एमाले केन्द्रीय कार्यालयमा एमाले समाज कल्याण तथा सामाजिक सुरक्षा विभागले आज आयोजना गरेको ‘राजनीतिमा महिलाको प्रतिनिधित्व र सहभागिता प्रवर्द्धनका लागि राजनीतिकर्मी भूमिका’ विषयको कार्यक्रममा समावेशितालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको बलियो आधारका रुपमा स्वीकार गरिएको बताए।

महासचिव पोखरेलले सामाजिक र सांस्कृतिक मान्यताको कारण  महिला पछाडि पारिएका टिप्पणी गरे । महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिँदै उनले देशको संविधान र निर्वाचनसम्बन्धी कानुनले महिलाका निम्ति गरेको व्यवस्थाको पालना हुनुपर्छ भने। 

महासचिव पोखरेलले महिला सहभागिताको हिसाबले नेकपा एमाले अन्य दल भन्दा फरक रहेको बताए । उनले आफ्नो पार्टीले अधिकभन्दा अधिक महिलालाई नीति निर्माणका स्थानमा अवसर दिएको बताए। 

पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलन कमजोर भएको भन्दै सबै राजनीतिक दलले महिलालाई अगाडि सार्नुपर्ने बताए ।संविधानले महिला अधिकारलाई सुनिश्चित गरे पनि अझै पनि त्यो पूरा हुन नसकेको उनले बताए ।
 

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ६ : ५० बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको