बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन « Khabarhub

बाग्मती किनारको शङ्खमूल क्षेत्रबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन


२ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ शङ्खमूलस्थित बाग्मती नदी किनारमा भएको सफाइबाट नकुहिने दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइ महाअभियानको ६१८औँ हप्तामा आज शङ्खमूल दोभानस्थित बाग्मतीको सेतो पुल क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका पदाधिकारी एवं कर्मचारी, स्थानीयवासी, आलोकनगर बाग्मती सफाइ समूहको सक्रियता रहेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए ।

यही चैत ९ गते शनिबार ६१९औँ हप्तामा विशेष कार्यक्रम आयोजना गर्न लागिएको छ । विशेष कार्यक्रमका साथ गरिने उक्त दिनको सरसफाइ अभियानमा सहभागिताका लागि महाअभियानले अपिल गरेको छ ।

विसं २०७० जेठ ५ गतेदेखि सुरु भएको बाग्मती सफाइ महाअभियानअन्तर्गत प्रत्येक हप्ताको शनिबार सफाइ गर्ने गरिएको छ । महाअभियानबाट प्रभावित भएर देशका मुख्य नदी, सहर गरी १०८ भन्दा बढी स्थानमा सफाइ भइरहेको अभियानकर्मी डा माला खरेलले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०८१, शनिबार  ९ : ५३ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको