विद्यार्थीले लेखिरहेकै बेला मध्यपश्चिम विश्वविद्यालयले स्थगित गर्‍यो परीक्षा | Khabarhub Khabarhub

विद्यार्थीले लेखिरहेकै बेला मध्यपश्चिम विश्वविद्यालयले स्थगित गर्‍यो परीक्षा


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– मध्यपश्चिम विश्वविद्यालयको गम्भीर लापरबाही गरेको छ । विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षामाबीचैमा स्थगित गरिएको छ । 

स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड सोसल साइन्स अन्तर्गत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगन गरिएको हो । 

परीक्षामा लेख्दै गरेका विद्यार्थीलाई विश्वविद्यालयले अचानक परीक्षा स्थगन भएको जानकारी दिँदै चरम लापरबाही गरेको हो । यसमा विद्यार्थीहरू असन्तुष्ट बन्दै आलोचना गरिरहेका छन् ।

बिहान साढे ६ बजे सुरु भएर प्रश्न पत्र र उत्तरपुस्तिका वितरण भइसकेको थियो । विद्यार्थीले लेख्न सुरु पनि गरिसकेको थिए । तर एक्कासि परीक्षा स्थगन गरिएको थियो । 

विश्वविद्यालयले परीक्षा स्थगित भएको विषयमा परीक्षा सुरु भएपछि मात्रै आधिकारिक जानकारी गराएर औपचारिकता निभाए जस्तो गरेको छ । विश्वविद्यालयले चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

विश्वविद्यालय जारी गरेको सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको जनाएको छ । परीक्षा स्थगन गर्नुको कारण भने खुलाइएको छैन ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  १ : ०० बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हँदैछ कारोबार ? 

काठमाडौं– सोमबार सुनको मुख्य बढेको छ । नेपाल सुनचाँदी रत्न

पौवादुङमाको ‘चार ढुङ्गे सन्तानेश्वर महादेव’ ओझेलमा

भोजपुर– धार्मिक पर्यटकीय क्षेत्र यहाँको पौवादुङमा गाउँपालिका– ५ सुप्लामा रहेको

झापा इनर्जीको आईपीओमा निवेदन दिने आज अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई