शौचालय गएकी किशोरीमाथि चार जनाले गरे बलात्कार, दुई जना आफन्त « Khabarhub

शौचालय गएकी किशोरीमाथि चार जनाले गरे बलात्कार, दुई जना आफन्त


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो ।

एक साताअघि घटेको सो घटनामा मुद्दा दर्ता गरिएपछि शुक्रवार प्रहरीले सो घटनाबारे जानकारी गराएको हो ।

एक साताअघि रातिको बेला करीब ७ बजेको समयमा गाउँभन्दा दक्षिण खुलामा शौच गर्नका लागि गएकी सो किशोरीलाई चार युवाले सामूहिक बलात्कार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

किशोरीलाई एक्लै देखेर चार युवाहरु उनलाई पक्रेर मुख थुन्दै धान खेतमा लगेर सामूहिक बलात्कार गरेको पीडितले प्रहरीलाई बताएकी छिन् ।

पालैपालो चारै जनाले बलात्कार गरेपछि किशोरी अर्धबेहोस भई अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा बस्तीमा पुग्दा स्थानीय तथा आफन्तले उनलाई सोधेपछि घटनाबारे सविस्तार बताएकी थिइन् ।

किशोरीले आफूलाई बलात्कार गर्नेमा दुई आफन्त नै रहेको र आफूले चिनेको तथा दुई बाहिरी युवाहरु रहेको बताएकी छिन् ।

यता प्रहरीले अनुसन्धान गर्दा किशोरीलाई बलात्कार गर्ने चारै जना युवाहरु घटना घटाएर भारतको मुम्बई भागेको जनाएको छ ।

तर प्रहरीले पीडित किशोरीको उपचार गराई उनको बयानको आधारमा चारै जनामाथि जबर्जस्ती करणी मुद्दा चलाइसकेको र उनीहरुको व्यापकरूपमा खोजतलास भइरहेको तथा उनीहरुलाई चाँडै पक्राउ पर्ने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ११ : ४६ बजे

पहिलो पटक विश्वकप खेलेको केप भर्डेको तहल्का: स्पेनपछि उरुग्वेलाई झट्का

मियामी – पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो सनसनीपूर्ण

इरानसँग बेल्जियमको गोलरहित बराबरी, एनगोयले पाए रातो कार्ड

लस एन्जलस- उपाधि दावेदार मानिएको बेल्जियम फिफा विश्वकप अन्तर्गत समूह

साउदी अरेबियामाथि स्पेनको चार गोल: लामिने यामालको ऐतिहासिक विश्वकप यात्रा

एटलान्टा – युवा स्टार लामिने यामाल र मिकेल ओयार्साबालको उत्कृष्ट

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार ८ गते सोमबार सन् २०२६