राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न | Khabarhub Khabarhub

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मादी नगरपालिका–४ स्थित ओखरबोटे बजारको कभर्डहलमा भएको चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको फाइन खेल आज सम्पन्न भएको हो ।

राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा चार विधामा आयोजित प्रतियोगिता आज सम्पन्न भएको हो । नगरपालिकाले पुरुष डबल ‘ए’ डिभिजन, पुरुष डबल ‘बी’ डिभिजन, पुरुष भेट्रान्स डबल र महिला डबल विधामा प्रतियोगिता गराइएको थियो । पुरुष डबल ‘ए’ डिभिजनतर्फ सङ्खुवासभाका सुनिलजङ्ग कार्की र भोजपुरका विशाल तामाङको जोडी विजेता बनेको छ ।

कार्की र तामाङको जोडीले उदयपुरका विनय चौधरी र मोरङका लाक्पा शेर्पाको जोडीलाई पराजित गरेको थियो । पुरुष डबल ‘ए’ डिभिजनतर्फ सङ्खुवासभाका मुनुहाङ गुरुङ र निशान कटुवालको जोडी तथा विशाल खड्का र राम राईको जोडी तेस्रो भएका छन् ।

पुरुष ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दिनेश राई र दिवन तामाङको जोडी विजेता बनेको छ । सङ्खुवासभाकै सन्दीप भगत र गङ्गालाल श्रेष्ठको जोडीलाई हराउँदै राई र तामाङको जोडी विजेता बनेको हो । पुरुष ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दीपक पाठक र सुरज राईको जोडी तथा विनोद विक र राम गुरुङको जोडी तेस्रो भएका छन् ।

महिला डबलतर्फ उदयपुरकी रोजी राई र सुनसरीकी सृष्टि राईको जोडी विजेता बनेको छ । फाइनल प्रतियोगितामा प्रतिस्पर्धी इलामकी निशम हाङ सुब्बा र सङ्खुवासभाकी एलिना श्रेष्ठमध्ये एलिना राई खेलको सुरुआतीमा नै घाइते भएपछि राईको जोडी विजेता घोषित भएका थिए । महिलातर्फकै भोजपुरकी मनिशा गोले र अरुणा तामाङ तथा पोखराकी समिता पुन र तिलमाया राना तेस्रो भएका छन् ।

पुरुष भेट्रान्स डबल १०० माथि पोखराका विशाल खड्का र मोरङका उत्तम सिम्खडाको जोडी विजेता बनेको छ । फाइनल खेलमा सङ्खुवासभाका अमर विष्ट र राजु श्रेष्ठको जोडीलाई पराजित गर्दै खड्का र सिम्खडाको जोडी विजेता बनेको हो । यो विधामा जीवन बोगटी र पूर्ण बुढा तथा राम राई र धनबहादुर तामाङको जोडी तेस्रो भएका छन् ।

प्रतियोगितामा कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशबाट खेलाडीहरूको सहभागिता रहेको आयोजक मादी नगरपालिकाका नगर प्रमुख जीवन लिङ्थेपले जानकारी दिनुभयो । प्रतियोगिता फागुन २९ देखि सुरु भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ७ : ३७ बजे

एमाले महासचिव पोखरेलद्वारा पार्टी कार्यालय पुनर्निर्माण थाल्न आव्हान

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले देशैभरका क्षतिग्रस्त

सिंहदरबारका भग्नावशेष हेर्दै टोलाउँछन् कर्मचारी

काठमाडौं– अझै पनि सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा धुवाँ पुत्पुताइरहेको छ ।

नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सरकार, बोर्ड र व्यवसायीको सामूहिक ऐक्यबद्धता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सक्रियता र नेपाल

आन्दोलनका क्रममा हतियार लुट्ने दुईजना पक्राउ

जनकपुरधाम– ‘जेनजी’ आन्दोलनका  क्रममा जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेस प्रदेश लोक