राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न « Khabarhub

राष्ट्रिय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न


३ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको मादी नगरपालिकाले आयोजना गरेको चौथो राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मादी नगरपालिका–४ स्थित ओखरबोटे बजारको कभर्डहलमा भएको चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको फाइन खेल आज सम्पन्न भएको हो ।

राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगितामा चार विधामा आयोजित प्रतियोगिता आज सम्पन्न भएको हो । नगरपालिकाले पुरुष डबल ‘ए’ डिभिजन, पुरुष डबल ‘बी’ डिभिजन, पुरुष भेट्रान्स डबल र महिला डबल विधामा प्रतियोगिता गराइएको थियो । पुरुष डबल ‘ए’ डिभिजनतर्फ सङ्खुवासभाका सुनिलजङ्ग कार्की र भोजपुरका विशाल तामाङको जोडी विजेता बनेको छ ।

कार्की र तामाङको जोडीले उदयपुरका विनय चौधरी र मोरङका लाक्पा शेर्पाको जोडीलाई पराजित गरेको थियो । पुरुष डबल ‘ए’ डिभिजनतर्फ सङ्खुवासभाका मुनुहाङ गुरुङ र निशान कटुवालको जोडी तथा विशाल खड्का र राम राईको जोडी तेस्रो भएका छन् ।

पुरुष ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दिनेश राई र दिवन तामाङको जोडी विजेता बनेको छ । सङ्खुवासभाकै सन्दीप भगत र गङ्गालाल श्रेष्ठको जोडीलाई हराउँदै राई र तामाङको जोडी विजेता बनेको हो । पुरुष ‘बी’ डिभिजनतर्फ सङ्खुवासभाका दीपक पाठक र सुरज राईको जोडी तथा विनोद विक र राम गुरुङको जोडी तेस्रो भएका छन् ।

महिला डबलतर्फ उदयपुरकी रोजी राई र सुनसरीकी सृष्टि राईको जोडी विजेता बनेको छ । फाइनल प्रतियोगितामा प्रतिस्पर्धी इलामकी निशम हाङ सुब्बा र सङ्खुवासभाकी एलिना श्रेष्ठमध्ये एलिना राई खेलको सुरुआतीमा नै घाइते भएपछि राईको जोडी विजेता घोषित भएका थिए । महिलातर्फकै भोजपुरकी मनिशा गोले र अरुणा तामाङ तथा पोखराकी समिता पुन र तिलमाया राना तेस्रो भएका छन् ।

पुरुष भेट्रान्स डबल १०० माथि पोखराका विशाल खड्का र मोरङका उत्तम सिम्खडाको जोडी विजेता बनेको छ । फाइनल खेलमा सङ्खुवासभाका अमर विष्ट र राजु श्रेष्ठको जोडीलाई पराजित गर्दै खड्का र सिम्खडाको जोडी विजेता बनेको हो । यो विधामा जीवन बोगटी र पूर्ण बुढा तथा राम राई र धनबहादुर तामाङको जोडी तेस्रो भएका छन् ।

प्रतियोगितामा कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशबाट खेलाडीहरूको सहभागिता रहेको आयोजक मादी नगरपालिकाका नगर प्रमुख जीवन लिङ्थेपले जानकारी दिनुभयो । प्रतियोगिता फागुन २९ देखि सुरु भएको थियो ।

प्रकाशित मिति : ३ चैत्र २०८१, आइतबार  ७ : ३७ बजे

साताका समाचार : सुकुम्वासीलाई नहटाउन सर्वोच्चको आदेश, प्रधान्यायाधीशमा डा. शर्मा र दर्जन ट्रेड युनियन खारेज

काठमाडौं- डोजर चलेपछि बस्ती नहटाउन सर्वोच्चको आदेश वालेन्द्र शाह नेतृत्वको

भूमिमन्त्री भन्छिन् : पहिचान र व्यवस्थापन योजनापछि मात्रै भूमिहीन र सुकुम्वासीलाई हटाउँछौँ

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले पहिचान

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय

काठमाडौं- प्रतिनिधि सभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश

गगनको आक्रोश : प्रधानन्यायाधीश सिफारिस गर्दा संविधानको धज्जी उडाइयो

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा

सचिवालय छल्ने दाउमा ओली, संकट टार्न केन्द्रीय कमिटीको सहारा !

काठमाडौं– गत भदौ २३ र २४ को दुई दिने जेन-जी