बागलुङका सात सडक कालोपत्र « Khabarhub

बागलुङका सात सडक कालोपत्र


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन – चालु आर्थिक वर्षमा बागलुङका सात वटा सडकमा कालोपत्र सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वधार विकास कार्यालयमार्फत छिमेकी जिल्ला र अन्तरपालिका जोड्ने सडकमा कालोपत्र थालिएको हो । 

यसवर्ष मालढुङ्गा–पाक्जा, बुर्तिबाङ–तमानखोला, मजुवा–नेपाने, जैमिनी रिङरोड, कुश्मिशेरा–बरेङ पहिलो खण्ड, गल्कोट– हरिचौर–हिल–म्याग्दी र कुश्मिशेरा–बरेङ दोस्रो खण्ड कालोपत्र गर्न थालिएको पूर्वधार विकास कार्यालय बागलुङका सूचना अधिकारी दीपेस रिगलले जानकारी दिए । यी सडकमध्ये अधिकांश बहुवर्षे योजनाअन्तर्गत रहेको उनको भनाइ छ ।

उहाँका अनुसार बुर्तिबाङ–तमानखोला सडकको १० किलोमिटर कालोपत्र गर्नका लागि एसी कन्स्ट्रक्सनले रु १२ करोड ७४ लाखमा सम्झौता गरिसकेको छ । आगामी विसं २०८३ मा सक्ने गरी गत साउनमा सम्झौता भएको रिगलले जानकारी दिए। अहिले उक्त सडकको विभिन्न ठाउँमा सडक फराकिलो बनाउने, नाली निर्माणलगायतका काम भइरहेको उनको भनाइ छ ।

कुश्मिशेरा–बरेङ सडकअन्तर्गत पहिलो खण्डमा यसवर्ष १० किलोमिटर सडक कालोपत्र हुन थालेको छ । एमएस÷क्याराभान कन्स्ट्रक्सन जेभीले २४ करोड ५८ लाख ५७ हजार ८१७ मा जिम्मा पाएको थियो । विसं २०८१ चैत ३० गते सक्ने गरी विसं २०७६ असोज २८ गते सम्झौता गरे पनि हालसम्म ५७ प्रतिशत मात्रै काम भएको छ । निर्माण कम्पनीले तीव्र गतिमा काम गरे म्याद थप गर्न सकिने सूचना अधिकारी रिगल बताउँछन्।

त्यस्तै गल्कोट–हरिचौर–हिलहुँदै म्याग्दी जोड्ने सडक पनि यसवर्ष कालोपत्र हुँदैछ । कालोपत्र गर्नका लागि २८ करोड १५ लाख सात हजार लागतमा एमएस एपेक्स÷खड्का कृष्ण जेभीले जिम्मा पाएको रिगलले जानकारी दिए । विसं २०७६ कात्तिक २७ गते सम्झौता भएको उक्त सडक यही चैत २९ गते सकिनुपर्ने छ । 

कुश्मिशेरा–बरेङ सडकको दोस्रो खण्डअन्तर्गत यसवर्ष १० किलोमिटर कालोपत्र गरिँदै छ । एम÷ एनएस÷आरबी जेभीले ११ करोड ४९ लाखमा जिम्मा पाएको छ । गत असार १२ गते सम्झौता भएको उक्त सडक विसं २०८३ असारमा सक्ने गरी काम भइरहेको रिगलले जानकारी दिए।

गलकोटस्थित मजुवा–नेपाने सडक कालोपत्र गर्नका लागि पनि सम्झौता भइसकेको उनको भनाइ छ । यस वर्ष १२ सय मिटर सडक कालोपत्रका लागि रु दुई करोड १३ लाखमा सम्झौता भएको रिगलले जानकारी दिए । गत जेठ १८ गते सम्झौता भएको उक्त सडक आगामी असार मसान्तमा सकिने गरी काम भइरहेको उनी बताउँछन्।

जैमिनी रिङरोड पनि यस वर्ष कालोपत्र हुँदैछ । करिब एक किलोमिटर कालोपत्र गर्नका लागि केबीसी÷एसी जेभीले तीन करोड २० लाखमा सम्झौता गरेको भन्दै आगामी असार मसान्तमा सकिने उनले बताए। 

बागलुङ नगरपालिकाअन्तर्गत मालढुङ्गा–पाक्जा सडकअन्तर्गत यसवर्ष करिब एक किलोमिटर सडक कालोपत्र हुँदैछ । जसका लागि ४० लाखमा ओम मल्टी विल्डर्सले जिम्मा लिएको भन्दै असार मसान्तसम्म सक्ने गरी काम गरिरहेको रिगलले जानकारी दिए । 

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  १२ : १४ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल