नौ ठाउँको आकस्मिक पहिरो नियन्त्रण | Khabarhub Khabarhub

नौ ठाउँको आकस्मिक पहिरो नियन्त्रण


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँका नौ ठाउँमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको छ । पहिरोको जोखिममा रहेको जिल्लाका विभिन्न ठाउँमा भू तथा जलाधार व्यवस्थापन कार्यालयको सहयोगमा आकस्मिक पहिरो नियन्त्रणका लागि तटबन्धन निर्माण गरिएको हो ।

पहिरो नियन्त्रणबाट करीब ५० हेक्टर जमीन संरक्षण भएको कार्यालयका प्रमुख दिवाकर पौडेलले जानकारी दिए। पहिरोको जोखिममा रहेका ती ठाउँमा संरक्षण गर्न स्थानीय उपभोक्ताको सहभागितामा पहिरो नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको र यसमा २९ लाख ७५ हजार ६१९ रुपैयाँ खर्च भएको उनको भनाइ थियो ।

सो कार्यका लागि कार्यालयका तर्फबाट १४ लाख ५१ हजार ४२३ रुपैयाँ उपलब्ध गराइएकामा स्थानीय उपभोक्ताले १५ लाख २४ हजार १९६ रुपैयाँ व्यहोरेका थिए । यास नगरपालिकाको वडा नं १,६,र ८, भानु नगरपालिकाको वडा नं ६, र १३, ऋषिङ गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–२, शुक्लागण्डकी नगरपालिका–२ र शुक्लागण्डकी नगरपालिका–४ मा आकस्मिक पहिरो नियन्त्रण कार्यक्रम सञ्चालन गरिएको उक्त कार्यालयले जनाएको थियो ।

आकस्मिक पहिरो नियन्त्रणका लागि व्यास नगरपालिकाका तीन वडामा कार्यालयको चार लाख ३२ हजार २६९ रुपैयाँ र उपभोक्ताको चार लाख ४५ हजार ५८७, भानु नगरपालिकाको दुई वडामा कार्यालयको दुई लाख ६३ हजार ४७३ र उपभोक्ताको तीन लाख ६७ हजार ५००, ऋषिङ गाउँपालिकाको एक वडामा कार्यालयको दुई लाख चार हजार २०८ र उपभोक्ताको एक लाख ९६ हजार ७९०, आँबुखैरेनीको एक वडामा वडा कार्यालयको ४२ हजार २८६ र उपभोक्ताको ६५ हजार ८००, शुक्लागण्डकीको दुई वडामा कार्यालयको पाँच लाख नौ हजार १८३ र उपभोक्ताको चार लाख ४८ हजार ५१८ खर्च भएको थियो ।

कार्यालयमार्फत सञ्चालित नदी उकास तथा जग्गा संरक्षण कार्यक्रमबाट व्यास नगरपालिकाका तीन र म्याग्दे गाउँपालिकाको एक गरी चार वडाका ४५९ घरधुरी लाभान्वित भएका छन् । व्यास नगरपालिका–११ का ४२, व्यास नगरपालिका–१ का ९२, व्यास नगरपालिका–३ का १६० र म्याग्दे गाउँपालिका–१ का १६५ घरधुरी लाभान्वित भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए। पौडेलका अनुसार उक्त कार्यक्रमका लागि कार्यालयको तर्फबाट नौ लाख ९९ हजार ७७४ र उपभोक्ताको तर्फबाट छ लाख ४२ हजार १५० गरी कूल १६ लाख ४१ हजार ९२४ खर्च भएको थियो ।

कार्यालयबाट सञ्चालित योजनामा दुई पोखरी निर्माण भएकामा यसबाट सिँचाइ गर्न गाईवस्तुलाई खुवाउन र पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । साथै दुई हजार १६२ घरधुरीको खानेपानीको जलाधार क्षेत्र तथा पानीको मूलस्रोत संरक्षणमा टेवा पुगेको उनले बताए ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १ : ३० बजे

एकमहिने गुँला पर्व सम्पन्न

भक्तपुर – चन्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म बौद्ध

साफ यु–१७ च्याम्पियनसिप : नेपाल बङ्गलादेशसँ पराजित

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ महिला च्याम्पियनसिपमा

हर्सोल्लासका साथ मनाइयो ‘अटवारी’

कैलाली – कैलालीका थारू बाहुल्य गाउँ तथा बस्तीमा आज हर्सोल्लासका

उत्तरकाशी पहिरोमा बेपत्ता तीन जनाको कुशको शव बनाई अन्त्येष्टि

सुदूरपश्चिम – भारतको उत्तरकाशी क्षेत्रको धारलालगायत गाउँमा वर्षापछि गएको पहिरोमा

राष्ट्रिय वाणिज्य बैंकद्वारा घर तथा सवारी कर्जामा सुविधा घोषणा

काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले आफ्ना सेवाग्राहीका लागि कर्जामा विशेष सुविधा