मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा « Khabarhub

मुलुक समृद्धिका पक्षमा धेरै काम भएका छन् : सभापति देउवा


४ चैत्र २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रपछि मुलुक र जनताको समृद्धिका लागि धेरै काम भएको बताएका छन् ।
 
राससद्वारा प्रकाशित ‘रासस फोटो किताब : गणतन्त्रका १६ वर्ष’ पुस्तक आज उनलाई हस्तान्तरणका क्रममा सभापति देउवाले सो कुरा बताएका हुन्। उनले देशमा भएका विकास निर्माणका कामका बारेमा सन्देश प्रवाह गरी ‘केही काम भएको छैन्’ भन्ने नकारात्मक भाष्यलाई चिर्नु आवश्यक भएको उल्लेख गरे ।
 
मुलुकमा भएका कामका बारेमा जनतामा जानकारी गराउनु जरुरी रहेको र त्यसका लागि राससले प्रकाशन गरेको यस प्रकारका पुस्तकको ठूलो महत्व हुने उनको भनाइ थियो । पुस्तक अवलोकनपछि उनले भने , ‘यद्यपि अझै जनअपेक्षाअनुसारका धेरै काम गर्न बाँकी छ, यसमा सबै हातेमालो गरी अघि बढौँ ।’
 
सभापति देउवाले सो अवसरमा राससका काम कारबाही बारेमा समेत चासो व्यक्त गर्दै पछिल्ला दिनमा राससले प्रभावकारी रुपमा काम गर्दै आएको आफूलाई जानकारी प्राप्त भएको उल्लेख गरे ।
 
त्यस अवसरमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले रासस फोटो किताबको विषयमा सभापति देउवालाई जानकारी गराएका थिए। सो कार्यक्रममा राससका कार्यकारी अध्यक्ष झा, महाप्रबन्धक सिद्धराज राई, प्रशासन प्रमुख शीतलप्रसाद महतो, वरिष्ठ समाचारदाता भीष्मराज ओझासहितको टोलीले सो पुस्तक हस्तान्तरण गरेको हो ।

प्रकाशित मिति : ४ चैत्र २०८१, सोमबार  २ : १४ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा