साम्राज्ञी र श्रद्धा कपूर एउटै रोगबाट पीडित ! « Khabarhub

साम्राज्ञी र श्रद्धा कपूर एउटै रोगबाट पीडित !


२७ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केही हप्ता पहिले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले खबरहबसँगको कुराकानीमा आफू एन्जाइटीबाट पीडित भएको बताएकी थिइन् । बाली काण्डमा फसेपछि साम्राज्ञीले आफूमा उक्त समस्या दोहोरिएको बताएकी थिइन् । बलिउड अभिनेत्री श्रद्धा कपूर पनि यही रोगबाट पीडित रहेको एक अन्तर्वार्ताका क्रममा खुलासा गरेकी छिन् ।

श्रद्धा कपूरले आफू विगत ६ वर्षदेखि एन्जाइटीको सामना गर्नुपरेको बताएकी हुन् । भारतीय मिडियाका अनुसार श्रद्धालाई चलचित्र ‘आशिकी २’ पछि एन्जाइटी भएको थियो ।

‘मलाई पीडा भइरहेको थियो तर जाँच गर्दा कुनै पनि बिमार देखिएन, म आफैलाई अचम्म लागिरहेको थियो कि, यो कस्तो पीडा हो,’ श्रद्धाले उक्त अन्तर्वार्तामा भनेकी छिन् । उनले पछि आफूलाई शारीरिक रुपमा एन्जाइटी भएको महसुस गरेको बताएकी छिन् ।

श्रद्धाले अहिले पनि आफू यो समस्या भोगिरहेको तर पहिलेभन्दा ठीक भएको उनको भनाइ छ । उनले भनेकी छिन्, ‘तपाईं को हो र कुन कुराको पक्षमा हुनुहुन्छ भन्ने चाहिँ बुझ्न सक्नुपर्छ ।’

साम्राज्ञीले पनि खबरहबसँगको अन्तर्वार्ताका क्रममा आफू लामो समयदेखि एन्जाइटीको समस्या भोगिरहेको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘मलाई कुनै कुराको स्ट्रेस भयो भने एन्जाइटी हुन्छ, पुराना र भुल्न खोजेका अतीत झन् सम्झनामा आउँछ, आजभोलि म कूल हुने प्रयासमा छु ।’

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  १० : ०९ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै